ललितपुर । ललितपुरको सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।जनक शिक्षा सामग्री केन्द्रको ना१घ ५३३ नम्बरको ट्रक पल्टेर बा ७ च २१३१ नम्बरको भ्यानलाई किचेको हो। मृत्यु हुनेमा चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् । उनीहरुको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान गएको हो। घाइते भएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा …
पुरा पढ्नुहॊस »अनिताको हत्यामा संलग्न अभियुक्त अनिताकै श्रीमान
जीतपुर । गत फागुन १० गते राति हत्या गरिएकी कपिलवस्तु, वाणगङ्गा नगरपालिका वडा नं ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । धारिले हतियार प्रहार गरी हत्या गर्ने २ जनासहित हत्याको योजना बनाउने मृतककी श्रीमानलाई पक्राउ गरेर प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्ला देबदह नगररपालिका ४ चरुङेका ३५ बर्षीय गुनाखर अधिकारी, रुपन्देही स्थित बुटवल उपमहानगरपालिका १३ नयाँ गाउँ स्थायी घर …
पुरा पढ्नुहॊस »एकै घरका तीन जनाले गरे सामूहिक आत्महत्या
काठमाडौं । भरतपुर महानगरपालिका वडा नं. १८ चनौलीमा एकै परिवारका तीन जनाले सामूहिक आत्महत्या गरेका छन्। आमा, छोरी र छोराले एकै ठाउँमा पासो लगाएर आत्महत्या गरेका हुन्। ३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता राना मगर र १२ वर्षीय छोरा विवेक राना मगरले एकैठाउँमा पासो लगाई आत्महत्या गरेको चितवनका एसपी सुशीलसिंह राठोरले जानकारी दिए।
पुरा पढ्नुहॊस »ट्रकले स्कूटीलाई ठक्कर दियो, एकको मृत्यु, एक गम्भीर घाइते
नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिका १० अरुणखोला र दुम्किवास जंगलमा विहीबार राति ट्रकले स्कूटीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ८ ख १८४५ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको लु ४१ प १७२७ नम्बरको स्कूटीलाई पछाडीबाट ठक्कर दिदा स्कूटी चालक देवचुली नगरपालिका सिर्जनाचोक रजहर बस्ने २२ वर्षका टिकाराम महतोको मृत्यु भएको हो। उनको उपचारको क्रममा दुम्कौली प्राथमिक …
पुरा पढ्नुहॊस »डोल्पामा हिमपहिरो, तीनजना बेपत्ता
जाजरकोट । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिमपहिरोमा परी तीनजना बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बास्थित चैत १७ गते कैलाश पर्वतमा तीर्थव्रतका लागि जाँदै गर्दा उनीहरु बेपता भएका हुन् । बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री सत्य पहाडीले टेलिफोनमार्फत जानकारी दिए । यता डोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टले घटना पुष्टि …
पुरा पढ्नुहॊस »मौसम बदली, मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । शुक्रबार बिहान काठमाडौंसहित देशको पश्चिमी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशको पश्चिमी भाग हुँदै काठमाडौंमा वर्षा भइरहेको हो । शुक्रबार बिहान काठमाडौंमा अझै केहीबेर वर्षा हुने र यो विस्तारै पूर्वतिर सर्दै जाने महाशाखाले जनाएको छ । महाशाखाले देशका अधिकांश भू–भागमा शुक्रबार र शनिबार मौसम बदली हुने उल्लेख गरेको छ । यो प्रि–मनसुन हो । महाशाखाकाअनुसार शुक्रबार दिउँसो देशभरका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ …
पुरा पढ्नुहॊस »आज घोडेजात्रा, टुँडिखेलमा सेनाको कला प्रदर्शन
काठमाडौं । उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। चान्द्रमानको तिथिअनुसार चैत्र कृष्ण औँसीमा यो पर्व मनाइन्छ। जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरे। तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो। संस्कृतिविदहरूका अनुसार यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो …
पुरा पढ्नुहॊस »अनिता पौडेलको हत्याका अभियुक्त भारतबाट पक्राउ
जीतपुर । गत फागुन १० गते राति हत्या गरिएकी कपिलवस्तु, वाणगङ्गा नगरपालिका वडा नं ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अभियुक्तलाई अनुसन्धान गर्दै जाँदा भारतबाट पक्राउ गरेको हो । हत्यामा संलग्नको नाम, थर र विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरिने कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बताए । यसअघि प्रहरीले एक महिलासहित …
पुरा पढ्नुहॊस »एसइईको प्रश्नपत्र आउट गर्ने ६ जना सार्वजनिक
काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिरहा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी अधिकारी सप्तरी राजविराज–१० का ब्रम्हदेव सुनरैत, कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल, शिक्षक मनोज यादव, विष्णुदेव यादव, राजेश यादव र उमेश यादव रहेका छन् । प्रदेश २ मा चैत्र १४ र १५ गतेको परीक्षामा प्रश्नपत्र बारिएको थियो ।
पुरा पढ्नुहॊस »भक्तपुरमा भेटियो बर्डफ्लु
भक्तपुर । भक्तपुरको दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरामा बर्डफ्लू देखिएको छ । कृषि फार्ममा बर्डफ्लू पछि २ हजार ९ सय ८५ कुखुरा नष्ट गरिएको छ । वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लू भएको पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका फार्मका २ हजार ९ सय ८५ कुखुरा, १५० केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी …
पुरा पढ्नुहॊस »