ललितपुर । ललितपुरको सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।जनक शिक्षा सामग्री केन्द्रको ना१घ ५३३ नम्बरको ट्रक पल्टेर बा ७ च २१३१ नम्बरको भ्यानलाई किचेको हो।
मृत्यु हुनेमा चालक ४० वर्षका इन्द्रबहादुर सुनार र धनुषाकी ४० वर्षकी डोल्मा शेर्पा रहेका छन् ।
उनीहरुको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा ज्यान गएको हो। घाइते भएकी स्मृती मगरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
तपाईंको प्रतिकृया




