अनिता पौडेलको हत्याका अभियुक्त भारतबाट पक्राउ

जीतपुर । गत फागुन १० गते राति हत्या गरिएकी कपिलवस्तु, वाणगङ्गा नगरपालिका वडा नं ४ ठाकुरापुर निवासी अनिता पौडेलको हत्यामा संलग्न अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अभियुक्तलाई अनुसन्धान गर्दै जाँदा भारतबाट पक्राउ गरेको हो ।

हत्यामा संलग्नको नाम, थर र विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी विवरण सार्वजनिक गरिने कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बताए ।

यसअघि प्रहरीले एक महिलासहित तीन जनालाई नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको थियो । कपिलवस्तु प्रहरीले हत्याराको खोजी र तत्काल पक्राउ गर्न प्रहरी नायब उपरीक्षक रवि रावलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।

पौडेलको हत्या गोली लागी नभई धारिलो हतियार प्रहारबाट भएको थियो । २६ वर्षीया पौडेललाई केकसँग बेहोस हुने औषधि खुवाएर हत्या गरिएको अनुमान गरिएको छ ।

श्रीमान्सँग सम्बन्ध चिसिएपछि अदालतबाट अंश मुद्दा किनारा लाग्ने चरणमा रहेकै बखत हत्या गरिएकी पौडेलको घटनामा परिवारका सदस्यलाई समेत प्रहरीले छानबीनको दायरामा राखेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला नेतृत्वको कुरा संविधानमा मात्र सीमित रह्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला नेतृत्व विकासका लागि संविधानले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds