काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न ६ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिरहा इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी अधिकारी सप्तरी राजविराज–१० का ब्रम्हदेव सुनरैत, कञ्चनरुप–६ का दिपेन्द्रकुमार मण्डल, शिक्षक मनोज यादव, विष्णुदेव यादव, राजेश यादव र उमेश यादव रहेका छन् । प्रदेश २ मा चैत्र १४ र १५ गतेको परीक्षामा प्रश्नपत्र बारिएको थियो ।
तपाईंको प्रतिकृया



