ट्रकले स्कूटीलाई ठक्कर दियो, एकको मृत्यु, एक गम्भीर घाइते

नवलपरासी । नवलपुरको मध्यविन्दु नगरपालिका १० अरुणखोला र दुम्किवास जंगलमा  विहीबार राति ट्रकले स्कूटीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने  एक जना गम्भिर घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ आउदै गरेको ना ८ ख १८४५ नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको लु ४१ प १७२७ नम्बरको स्कूटीलाई पछाडीबाट ठक्कर दिदा स्कूटी चालक  देवचुली नगरपालिका सिर्जनाचोक रजहर बस्ने २२ वर्षका टिकाराम महतोको मृत्यु भएको हो। उनको उपचारको क्रममा दुम्कौली प्राथमिक स्वाथ्यचौकीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कूटीको पछाडी सवार सोहि ठाउका २१ वर्षका भरत गुरौ गम्भिर घाईते भएका छन्। उनको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री