समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत सुरु, यसरी हुँदैछ काम

काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत सुरु गरिएको छ । बारम्बार कालोपत्रे उप्किएर समस्या आएपछि धावनमार्ग पूर्णरूपमा मर्मत अर्थात् ‘रनवे रिह्याब’ गर्न लागिएको हो । २०३६ सालमा निर्माण गरिएपछि धावनमार्गको यसरी मर्मत गर्न लागिएको यो पहिलोपटक भएको बताइएको छ । मर्मतका लागि तीन महिनासम्म दैनिक १० घन्टा विमानस्थलमा रात्रि उडान बन्द हुनेछ । १ अप्रिल २०१९ देखि जुन ३० सम्म राति १० बजेदेखि बिहान ८ …

पुरा पढ्नुहॊस »

आजपनि हावाहुरी चल्न सक्ने प्रतिघण्टा ४० देखि ५० किमि गतिमा

काठमाडौं । आइतबार राति  हावाहुरीका कारण बारा र पर्सा जिल्लामा २७ जनाको मृत्यु भएको थियो। तीब्र हावाहुरीले बारा र पर्सा जिल्लामा ठूलो क्षति गरेको थियो। कतिका पक्की घर पनि भत्केका छन्। कतिको घरबास उठेको छ भने धेरैजसो घरबाहिर छन्। आइतबार बिहान मौसम पूर्वानुमान महाशाखाले नेपालका मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको र त्यो पूर्वतिर सरिरहेको जनाएको थियो। तर यति ठूलो क्षति पुर्‍याउन सक्नेगरी हावाहुरी आउने …

पुरा पढ्नुहॊस »

मेडिसिटी अस्पतालको टोली उपचार तथा उद्धारका लागि हेलिकोप्टरसहित बारामा

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली मेडिकल उपकरणसहित बारा पुगेको छ । आइतबार साँझ आएको हावाहुरीमा घाइते भएकाहरुको उपचार तथा उद्धारका लागि हेलिकप्टरबाट चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली बारा गएको हो ।बिनासकारी हुरीका कारण ४१ जना भन्दा बढीको मृत्यु भइसकेको र ४ सय भन्दा बढी व्यक्तिहरु घाइते भएका छन् । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली आवश्यक मेडिकल उपकरण सहित हेलिकप्टरसहित बारा पुगेको अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए। नेपाल …

पुरा पढ्नुहॊस »

प्रहरीले दियो हावाहुरीबाट भएको क्षतिको विवरण, कहाँ कति ?

काठमाडौँ । आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा जनधनको ठूलो क्षति भएको छ । हालसम्म २७ जनाको मृत्यु भएको छ भने ६ सय भन्दा धेरै घाइते भएका छन् । उद्धारको काम चलिरहेको छ भने क्षतिको विवरण संकलन भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाँदै छन् । प्रहरीका अनुसार हावाहुरीका कारण भएको क्षति र घटनाको पछिल्लो विवरण यस्तो छ ।  मिति २०७५।१२।१७ गतेको हावाहुरीबाट …

पुरा पढ्नुहॊस »

गम्भीर घाइते ६ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो, त्रिवि अस्पतालमा उपचार हुँदै

काठमाडौँ । हावाहुरीमा परि गम्भीर घाइते भएका बाराका ६ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनीहरुलाई नेपाली सेनाले उद्धार गरि स्काईट्रकबाट राजधानी ल्याएको सेनाका प्रवक्ता यमप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार उनीहरुलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। राजधानीमा ल्याइएका घाइतेमध्ये एकजना बालिका, एकजना बालकसहित चारजना वयश्क रहेको प्रवक्ता ढकालले जानकारी दिए। घाइते मुवारक अन्सारी, त्रिचन्द्र पट्टेल, गीतादेवी, सुरेश पट्टेल, समिना खातुन र अमन पट्टेललाई राधजानी …

पुरा पढ्नुहॊस »

बलात्कारको आरोपित वडासदस्य सम्पर्कविहीन

ओखलढुङ्गा । बलात्कारको उजुरी परेका लिखु गाउँपालिका वडा नम्बर ३ का वडासदस्य विष्णुकुमार श्रेष्ठविरुद्ध सम्पर्कविहीन छन्। वडासदस्य श्रेष्ठले सञ्चालन गरेको इँटा कारखानामा कार्यरत १७ वर्षीया युवतीले आफूलाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा दर्ता गराएकी हुन्। युवतीले चैत ७ मा वडासदस्य श्रेष्ठले बलात्कार दाबीसहित सोही दिन प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। पीडित युवती आफैं जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पुगी उजुरी दर्ता …

पुरा पढ्नुहॊस »

राहत र उद्धारमा लाग्न कार्यकर्तालाई सभापति देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले बारा र पर्सामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै  तत्काल उद्धारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार राति भएको  हावाहुरीका कारण बारा र पर्सामा ठूलो क्षति भएको छ। हालसम्म ३१ जनाको ज्यान गएको छ भने चार सय भन्दा बढी घाइते भएका छन्। घाइतेको उद्धार र राहत तत्काल उपलब्ध गराउन सकारसँग  सभापति देउवाको माग छ।

पुरा पढ्नुहॊस »

हावाहुरीको वितण्डा : मृतकका परिवारलाई तत्काल तीन लाख दिने प्रदेश सरकारको निर्णय

जनकपुरधाम । आइतबार राति हावाहुण्डरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख  प्रकट गरेको छ । सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्काल राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बिहानै जनकपुरधाममा प्रदेश मन्त्रिपरिषदको बैठक बसेको छ । बैठकले घटनाप्रति गहिरो शोक प्रकट गर्दै मृतकमा परिवारलाई तत्काल रुपमा ३ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ …

पुरा पढ्नुहॊस »

बारा र पर्सामा विनाशकारी हावाहुरी : मृतककाे संख्या ३१ पुग्यो (अपडेट)

काठमाडौं ।आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले  कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ । तराईका धेरै जिल्लाहरु हावाहुरीको …

पुरा पढ्नुहॊस »

विमानस्थल आजबाट १० घण्टा बन्द

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो । सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा विमानस्थल बन्द हुनेछ । जेठ १५ पछि विमानस्थल साबिक बमोजिम खुल्नेछ । जेठ १५ पछि भने २४ घण्टा नै विमानस्थल खुल्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनायो । यो समाचार आजको नागरिक दैनिकमा छ । सन् …

पुरा पढ्नुहॊस »