समाचार

बझाङमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो

बझाङ । थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । थलारा गाउँपालिका –५ गौमती खोलामा  बिहीबार बिहान से १ ज १००७ नम्बरको जीप दुर्घटना हुँदा थलारा गाँउपालिका – ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले जनाएको छ । जीप विवाहको सामान पुर्‍याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

पुरा पढ्नुहॊस »

मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा शव फेला

काठमाडौं । काठमाडौंको मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका- ७ मैजुबहाल चोकबाट पश्चिमपटि्ट पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । गौशाला प्रहरीका मुद्दा फाँटका सई राजेश स्वर्णकारका अनुसार खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका अन्दाजी ३५-४० वर्षका आङदेवा शेर्पा मृत फेला परेका हुन् । शव जमिनबाट करिब ८ इन्च माथि छ । बिहीबार बिहान करिब सात बजेतिर …

पुरा पढ्नुहॊस »

विद्युत सट हुँदा एकको मृत्यु, सात जना घाइते

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा विद्युत सट भएर एक जनाको मृत्यु भएको छ।  मृत्यु हुने २२ वर्षिय भुपाल विक रहेको संखुवासभा प्रहरीले जनाएको छ। विद्युत सट भएर तारा वि.क भगवती वि.क र मञ्जु वि.कसहित ७ जना घाइते भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए। विद्युत सट हुदाँ  करेन्ट गाँउभरी फैलिएको थियो। घाइतेहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।  विद्युत सट कसरी गाउँभरी फैलियो भन्ने थप जानकारी १० बजे …

पुरा पढ्नुहॊस »

बसको ठक्करबाट वृद्धको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका–५ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। बिहिबार बिहान पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले पैदल यात्री इटहरी–८ का ७२ वर्षीया धनबहादुर भण्डारीलाइ ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भण्डारीको उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

पुरा पढ्नुहॊस »

पर्यटकका लागि ललितपुर महानगरले विद्युतीय बस ल्याउने

ललितपुर । ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ । यस वर्षको बजेटमा महानगरले रु पाँच करोड विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो । भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा …

पुरा पढ्नुहॊस »

मौसमविद भन्छन्- भारतको ‘फेनी’ आँधी नेपालमा आउँदैन

काठमाडौं । छिमेकी मुलुक भारतमा चक्रवात आँधीको त्रास छ । ‘फेनी’ नाम दिइएको यो आँधीको प्रभाव नेपालमा पर्छ कै पर्दैन भन्ने चासो र चिन्ता व्यक्त भइरहेको छ । नेपालका मौसमविदले पनि यसलाई चासोपूर्वक पछ्याइरहेका छन् । मौसमविद वरुण पौडेलले भने, ‘हामीले फेनी कतातिर जान्छ भनेर डिरेक्सन (बाटो) पछ्याइरहेका छौं ।’ नेपालको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसमी भविष्यवाणी सार्वजनिक गर्दै आएको छ । पछिल्लो बुलेटिनमा बुधबार दिउँसो …

पुरा पढ्नुहॊस »

महामन्त्री खड्काको सानो कार्यले देशभरिका कार्यकर्ताको छाती ठूलो बनाइदियो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दलित समुदायमाथि भएको जातीय अन्याविरुद्ध कांग्रेसले नै क्रान्ति गर्ने बताएका छन् । गृहजिल्ला सुर्खेतमा वैशाख २ गते आयोजित नेपाली कांग्रेसको भेलालाई सम्बोधन गर्न जानु अगाडि स्थानीय दलित नेताको घरमा खाना खाएपछि प्रतिक्रिया दिँदै महामन्त्री खड्काले दलितमाथिको विभेद अन्त्य गर्ने कुरा आफूबाटै शुरु गर्नुपर्ने बताए । उनले कानून र संविधानलाई देखाएर केही नहुने भन्दै समाज परिवर्तन गर्न समाजका अगुवाहरूबाटै शुरु गर्नुपर्ने बताए । ‘संविधान …

पुरा पढ्नुहॊस »

वैदेशिक रोजगार विभागद्वारा १० म्यानपावर कम्पनी खारेज (सूचीसहित)

काठमाडौं । वैदेशिक रोजगार विभागले १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ। विभागकाे गत फागुन १५ गतेको निर्णयले थप १० वटा म्यानपावर कम्पनी खारेज गरिएको हो। नियमविपरीत काम गरेकाे तथा समयमा नविकरण नगराइएकाेले खारेज गरिएकाे विभागका निर्देशक भोलानाथ गुरागाईंले बताए। वैदेशिक रोजगारीका नाममा एक देश भनेर अर्को देश पुर्‍याउने, एउटा काममा समझदारी गरेर अर्को काममा खटाउने, काम र कमाइको प्रलोभनमा मोटो रकम असुल्ने तथा कामदार विदेश नपठाउनेलगायत कार्य गरी कामदार अलपत्र …

पुरा पढ्नुहॊस »

ललितपुरमा जीप दुर्घटना, तीन जनाको मृत्यु

ललितपुर ।  बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन  र सरिता मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा ज्यान गएको प्रहरीले …

पुरा पढ्नुहॊस »

प्रिमनसुन कमजोर हुँदै, देशैभर गर्मी बढ्यो

काठमाण्डौ ।  देशैभर गर्मी बढेको छ । केहीदिन अघिसम्म सक्रिय रहेको प्रिमनसुन अहिले कमजोर हुँदा मौसम सफा छ । मौसम सफा भएकाले देशभरी नै तापक्रम बढेर गर्मी भएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार ३१ दशमलव ३ डिग्री सेल्सियस पुगेको काठमाण्डौको मंगलबार बिहानको तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको दिउँसोको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म …

पुरा पढ्नुहॊस »