काठमाडाैँ । विश्वका सबैभन्दा धनी व्यक्ति र उनकी श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्तिको बाँडफाँटको कुरा पनि ठूलो हुने नै भयो। एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ। सम्बन्धविच्छेदपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अन्लाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत हिस्सा हुनेछ। अब मक्केन्जी संसारकी तेस्री धनी …
पुरा पढ्नुहॊस »खुम्बुमा लेक लागेर एकजना भरियाको ज्यान गयो
सोलुखुम्बु । खुम्बु क्षेत्र गएका पर्यटकका एकजना भरियाको लेक लागेर ज्यान गएको छ । महाकुलुङ गाउँपालिका १ का २१ वर्षीय जयराम कुलुङको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार कुलुङको खुम्बुपासाङल्हामु गाउँपालिका–४ थुक्लामा रहेको अमरबहादुर राईको होटलमा ज्यान गएको हो । हिमालयन एकतासी कम्पनीमार्फत पर्यटक भरियाको रुपमा नाम्चेबाट सगरमाथा आधार शिविर जाने क्रममा लबुचे पुग्दा उनी बिरामी भएका थिए । गएको बिहिबार …
पुरा पढ्नुहॊस »नेपालको सीमावर्ती क्षेत्रमा आँधीहुरी आउन सक्ने लखनउ मौसम केन्द्रको अनुमान, सचेत रहन आग्रह
काठमाडौं । भारतको पृथ्वी विज्ञान मन्त्रालयले नेपालको सीमावर्ती क्षेत्र सिद्धार्थनगरलगायतका स्थानमा भाेलि बिहानसम्ममा कुनै पनि समय आँधीहुरी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ। भारतकाे महाराजगंज र त्यस आसपासका क्षेत्रमा ५० किमी प्रतिघन्टाको गतिमा ऑधीबेहरी आउने संभावना भएको उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सो समयमा भारतका कुशीनगर, बलरामपुरलगायतका क्षेत्रमा आँधीहुरी आउन सक्ने बताइएको छ। भारतको पृथ्वी विज्ञान मन्त्रालयअन्तर्गत प्रभारी निदेशक मौसम केन्द्रले गत अप्रिल ४ मा जारी गरेको विज्ञप्तिमा अप्रिल ५ देखि ७ सम्म …
पुरा पढ्नुहॊस »सँगै बसेर मदिरा सेवन, खुर्पा प्रहार गरी श्रीमानको हत्या
बनेपा । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ रविओपीमा श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् । प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले ६० वर्षीय श्रीमान् सुकराम तामाङलाई खुर्पा प्रहारी गरी हत्या गरेकी हुन् । सँगै बसेर मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो । सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । खुर्पा प्रहारबाट सुकरामकी ७० वर्षीया फूपु कान्छीमाया गम्भीर …
पुरा पढ्नुहॊस »हुरीले घाउ लगायो, वर्षाले झनै चर्कायो
बारा । फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो– बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो बादल । यो समाचार आजको नेपाल समाचारपत्रमा गोकुल घोरसाइनेले लेखेका छन् । रामसुन्दरजस्तै हावाहुरीबाट प्रभावित क्षेत्रका बासिन्दाहरुको चिन्ता साँझ पर्न नपाउदै वास्तविकतामा परिणत भयो । दिउसो हल्का मात्र बर्षा भएको हुरी प्रभावित क्षेत्रमा साझ …
पुरा पढ्नुहॊस »बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम खोजिँदै
काठमाडौँ । नेपालको बारा, पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् । सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय स्थित वातावरण विभागलगायत मौसमको क्षेत्रमा काम गरिरहेका विज्ञहरू नामकरणमा जुटेका हुन् …
पुरा पढ्नुहॊस »अवैध विदेशी मुद्रासहित विमानस्थलबाट एकै परिवारका ५ सदस्य पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित एकै परिवारका ५ सदस्य पक्राउ परेका छन्। थाइ एयरको फ्लाइटमार्फत काठमाडौंबाट एकै परिवारका ५ जना बैंकक जान लागेको अवस्थामा प्रहरीले अवैध डलरसहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा व्यवसायी सुवास श्रेष्ठसहित उनकी पत्नी उमादेवी, २ छोरी र एक छोरा छन्। प्रहरीले उनीहरूको साथबाट थाइ भाट २२ हजार १ सय ५०, युरो १ हजार ३ सय ८०, अमेरिकन डलर १० हजार चाइनिज युयान ८० हजार …
पुरा पढ्नुहॊस »गहुँबारीमा महिलाको शव फेला
कपिलवस्तु । शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा एक महिलाको शव फेला परेको छ। स्थानीय ४० वर्षीया शुभावती लोनियाको शव शनिबार बिहान छालाफ्याक्ट्री नजिकै गहुँबारीमा फेला परेको हो। बिहीबार बिहान निस्केकी शुभावती अबेरसम्म घर नफर्कीएपछि खोजी भैरहेको थियो। उनको मानसिक अवस्था केही दिनदेखि ठीक नभएको मृतकका परिवारले बताएका छन्। शव नजिकै सेल्फास नामक बिषादी भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले जानकारी दिए। घटनाबारे अनुसन्धान भैरहेको उनको भनाइ छ।
पुरा पढ्नुहॊस »असन जात्रा धुमधामका साथ मनाईंदै
काठमाडौं । नेवार समुदायको चाडअन्तर्गत पाँहाचह्रेको तेस्रो दिन आज असन जात्रा धुमधामका साथ मनाईंदैछ । हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् लुमधि अजिमा, कङ्ग अजिमा र तेबहाल अजिमालाई आ–आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पु¥याएर जात्रा मनाउने परम्परा छ । तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एकापसमा घुमाइन्छ । यसक्रममा तीन दिदी बहिनीको रथ ठोक्काउने नभई एक अर्कालाई आदर र सम्मान गरिन्छ । जसमा दियोसहितको …
पुरा पढ्नुहॊस »काठमाडौंमा बिहानैदेखि वर्षा, पूर्व र मध्य तराईमा हुरी चल्ने सम्भावना
काठमाडाैँ । शनिबार बिहानैदेखि देशभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि मेघगर्जनसहित पानी पर्न सुरु भएको छ। शनिबार मुलुकका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने देखिएको महाशाखाले जनाएको छ। छिनमै पानी पर्ने र लगत्तै घाम लाग्ने देखिएको मौसमविद्ले बताएका छन्। पूर्व र मध्य तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना छ। सुरक्षित हुन महाशाखाले आह्वान गरेकाे छ। साथै हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुन …
पुरा पढ्नुहॊस »