समाचार

नेपाल प्रहरीमा १२१ जना इन्स्पेक्टर भए पास १३ जना बैकल्पिक (नामवलीसहित)

काठमाडाैं । नेपाल प्रहरीले रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) मा १२१ जनाले नाम निकालेका छन्। २०७५ साल आश्विन १५ गतेको विज्ञापन अनुसार १२१ जनाको अन्तिम नतिजा प्रकाशन गरेको हो। मुख्य उम्मेदवार १०८ जना रहेका छन् भने १३ जनाकाे नाम बैकल्पिकमा छ।  नाम निकालेका उम्मेदवारले अगामी वैशाख ५ गते सम्म प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले जनाएको छ। [googleapps domain=”drive” dir=”file/d/1cUWreeWtGPqjnaHnCYBwEFqlJpLpV7XX/preview” query=”” width=”640″ height=”480″ …

पुरा पढ्नुहॊस »

बसको ठक्करबाट वृद्धको मृत्यु

चितवन । बसको ठक्करबाट चितवनमा एक वृद्धको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ३५०० नम्बरको बसले ठक्कर दिँदा परिचय नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खैरहनी नगरपालिका–९ नमुना पेट्रोल पम्पअगाडि बुधवार राति साढे ७ बजे ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ७० वर्षीय वृद्धको घट्नास्थलमै मृत्यु भएको जनाइएको छ। वृद्ध मानसिक सन्तुलन ठीक नभएको व्यक्ति भएको प्रहरीले बताएको छ।  वृद्धको शव भरतपुर अस्पतालमा …

पुरा पढ्नुहॊस »

भीआईपीलाई सशस्त्रको लर्को, कसको सुरक्षामा कति सशस्त्र ?

काठमाडाैँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरूका नाममा राज्य कोषबाट भइरहेको खर्चबारे चासो बढेको छ। जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने भीभीआईपी सधैं हतारमा हुने र सर्वसाधारणलाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन। भीभीआईपीका पछुवा सशस्त्र प्रहरी खटिएका हुन्छन्। भीभीआईपीलाई सुरक्षा दिनुपर्ने र सडक छिटो छिचोल्नुपर्ने बाध्यता सुरक्षाकर्मीको हुन्छ। यही कारण सशस्त्र प्रहरी बेलाबेलामा विवादमा आउने गरेको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट …

पुरा पढ्नुहॊस »

४ वैशाखमा नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै, के छ यसको उपयोगिता ?

काठमाडाैँ । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको हो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ । नानो स्याटेलाइट लन्चिङ …

पुरा पढ्नुहॊस »

उपत्यकाको चार शहरको डीपीआर यसैवर्ष, कहाँ–कहाँ बन्नेछन् नयाँ शहर ?

काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ शहरकोे डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त दिलिप भण्डारीले बताए । भक्तपुरको चाँगुनारायण नगरपालिकामा एक लाख रोपनी,सूर्यविनायक नगरपालिकामा १० हजार रोपनी …

पुरा पढ्नुहॊस »

२० हजार नयाँ कर्मचारी भर्ना गर्दै सरकार, यस्तो हुनेछ प्रक्रिया

काठमाडौंं । सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयां कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी गराए …

पुरा पढ्नुहॊस »

मलेसियामा एक नेपाली युवाले गरे आत्महत्या

काठमाडौं ।  मलेसियास्थित कोतारायामा एक नेपाली युवाले भुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्ने  झापा काँकडभित्ताका ३५   वर्षीय याम बहादुर गुरुङ रहेका छन् । उनको शव  मंगलबार बिहान आफ्नै कोठा नजिकै भर्याङमा झुण्डिएको अवस्थामा फेला परेको हो । गुरुङको शवलाई प्रहरीले पोष्टमार्टमको लागि क्वालालम्पुर हस्पिटलमा लगिएको बताएको छ ।  गुरुङ विगत ८ वर्षदेखि मलेसियामा कार्यरत थिए । उनका श्रीमती र दिदीभिनाजु मलेसियामै रहेका छन् ।

पुरा पढ्नुहॊस »

आँधीबेहरीको अध्ययन गर्न मौसमविदको टोली बारा र पर्सा जाँदै

काठमाडौं । आईतबार अकस्मात आएको हावाहुरीबारे अध्यायन गर्न मौसमविद्हरुको टोली बुधबार पर्सा र बारा जाँदै छन् । सो को अध्यायन गर्न  वरिष्ठ मौसमविदहरु सुजन सुवेदी र अर्चना श्रेष्ठसहित अन्य मौसमविद्हरुको टोलिले हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अध्यायन तथा अवलोकन भएका हुन् । मौसमविदले सानो क्षेत्रमा मात्रै क्षति पुर्‍याउने गरी बारा र पर्सामा आएको हावाहुरी असामान्य रहेको र यो अध्ययनको विषय भएको बताउँदै आएका छन् । आइतबार राति  हावाहुरीका कारण बारा र …

पुरा पढ्नुहॊस »

काठमाडौं चक्रपथभित्रका करिडोर सञ्चालनमा ल्याइने

काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ। उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौं महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा चैत ११ र १२ मा नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा सरकारी तथा गैरसरकारी निकायसँग ट्राफिक सुधारका लागि आगामी दिनमा चाल्नुपर्ने कदमबारे छलफल गरिएको थियो।  …

पुरा पढ्नुहॊस »

राहत लिएर तराई झरे धुर्मुस, पीडित ४०० परिवारलाई वितरण

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । बाराको फेटा गाउँपालिका–६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो । हावाहुरीले अकल्पनीय क्षति पुर्‍याएपछि तराई झरेका फाउण्डेशन अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले गाउँपालिका अध्यक्ष अमिरीलाल प्रसाद साहलगायत जनप्रतिनिधिको रोहवरमा प्रभावितहरुलाई चामल, त्रिपाल र चाउचाउ वितरण गरेका हुन् । पीडितहरुलाई तत्कालका लागि बस्न र खानको लागि समस्या रहेकाले त्रिपाल र खाद्यान्न वितरण गरिएको धुर्मुसको …

पुरा पढ्नुहॊस »