गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन्— छन्, तर सहरमा। अथवा गुम्बामा । अथवा चर्चमा । किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् । अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्याउँछन् । गुम्बा र चर्चका एजेन्टले हुर्केका गाउँका बालबालिका सहर …
पुरा पढ्नुहॊस »भारतमा भीषण आँधी–हुरी, ३१ को मृत्यु
काठमाडौँ । भारतका विभिन्न ठाउँमा वर्षासहित आएको भीषण आँधीका कारण ३१ जनाको मृत्यु भएको छ । मंगलबार राति वर्षासहित आएको आँधीका कारण उत्तर भारतको राजस्थान, गुजरात, मध्य प्रदेश, उत्तर प्रदेशलगायतका राज्यमा ठूलो जनधनको क्षति भएको छ । सबै भन्दा धेरै प्रभाव गुजरात, मध्यप्रदेश र राजस्थान प्रदेशमा परेको बताइएको छ। यी प्रदेशमा अझै ठूलो वर्षा हुने अनुमान त्यहाँको मौसम विभागले गरेको छ र जनतालाई सचेत हुने आग्रह गरेको छ।
पुरा पढ्नुहॊस »ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ
काठमाडौं । ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.४ ख ८५७३ नम्बरको ट्रिपरका चालक धादिङ थाक्रे गाउँपालिका घर भएका २६ वर्षीय वीरबहादुर तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१४ ढुङ्गेअड्डा जाने पुल नजिक महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले उक्त ट्रिपर जाँच गर्ने क्रममा रुट परमिट नभएको कारण कारवाहीबाट बच्न चालक तामाङले प्रहरीलाई नगद १ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । यस सम्बन्धमा प्रहरीले …
पुरा पढ्नुहॊस »भारतमा ब्लक भयो टिकटक
काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारतमा अब आफ्नो मोबाइलमा यो एप हुनेहरुले टिकटक प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताहरुले यो एप प्रयोग गर्न सक्ने छैनन् । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको मद्रास उच्च अदालतको जिकिरपछि सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गरेको थियो ।
पुरा पढ्नुहॊस »महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
बारा। निजगढ नगरपालिका- ३ बस्ने ७५ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय धनबहादुर बल तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो आफ्नै घरमा बसिरहेको अवस्थामा तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने जानकारी भए पश्चात ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पुरा पढ्नुहॊस »नक्कली सुनलाई सक्कली भनि ठगी गर्ने एक जना पक्राउ
काठमाडौं । काठमाडौं स्वयम्भू बस्ने धादिङ रुविभ्याली गाउँपालिका-४ का २२ वर्षीय वेमान तामाङलाई १ केजी नक्कली सुन सहित प्रहरीले पक्राउ गरेको छ । उक्त क्षेत्रमा सुन विक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा विक्री वितरण गर्न ग्राहक कुरिरहेको अवस्थामा उक्त नक्कली सुन सहित तामाङलाई फेला पारी नियन्त्रणमा लिएको हो ।
पुरा पढ्नुहॊस »उपत्यकामा प्रदूषण जाँचमा फेल भएका ४ सय ७६ गाडीलाई कारवाही
काठमाडौँ । काठमाडौँ उपत्यकामा गरिएको प्रदूषण जाँचका क्रममा ४ सय ७६ सवारी साधनको प्रदूषण फेल भएको पाइएको छ । प्रदूषण जाँचकमा फेल भएका ती सवारी साधनलाई कारवाही गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले मापदण्डअनुसारको बनाउन निर्देशन दिएको छ । चैत २१ देखि वैशाख ३ गतेसम्म दुई हप्ता जाँच अभियानमा ट्राफिक प्रहरी महाशाखाले शुकेधारा, गौशाला, धुम्बाराही, चप्पल कारखाना, शंखपार्कलगायत आठ क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको तथा दुई हजार ६२७ मोटरसाइकल तथा स्कुटरलाई …
पुरा पढ्नुहॊस »बिहीबार बिहानसम्म मौसम प्रतिकुल रहने
काठमाडौं । पश्चिमी वायुको प्रभावले मुलुकका केही स्थानमा भोलि बिहान सम्म हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासाखाले जनाएको छ । मौसमविदको अनुसार बङ्गालको खाडीबाट आएको हावाकाको कारणले नेपालमा अझै २४ घण्टासम्म मौसम प्रतिकल रहने छ ।यसको प्रभावले मुलुकका केही ठाउँमा असिना पनि पर्ने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने मौसम मौसमविदहरुले बताएका छन् ।मुलुकको प्राय धेरैजसो स्थानमा हावाहुरी, चट्याङ, असिनासहितको बर्षा हुने योग रहेको …
पुरा पढ्नुहॊस »सिलिन्डर लिक भएर धादिङको थाक्रेमा आगलागी
धादिङ । धादिङको थाक्रे गाउँपालिका –५मा सिलिन्डर लिक भएर आगलागी भएकाे छ । आगलागीमा ५ लाख रुपैयाँको धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति भने भएको छैन । स्थानीय इन्द्रबहादुर तामाङको २ तले पक्की घरमा सिलिन्डर ग्यास लिक भएर आगो लागेको हो । आगो प्रहरी र स्थानीयबासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
पुरा पढ्नुहॊस »गोरखा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । गोरखा केन्द्रबिन्दु बनाएर मंगलबार ४.५ स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार मंगलबार मध्यान्ह १२ बजेर ३५ मिनेट जाँदा गोरखा केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
पुरा पढ्नुहॊस »