समाचार

धरानमा बस दुर्घटना: ४ जनाको मृत्यु, ३५ घाइते

काठमाडौं । धरानमा बस दुर्घटना हुँदा  ४ जनाको मृत्यु भएको छ। जिरो पोइन्टमा ना ७ प २७१३ नम्बरको बस दुर्घटनाहुँदा ३५ यात्रु घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुने चालक चक्रबहादुर गुरुङ, यात्रु बलबहादुर मगरको मात्र पहिचान खुलेको छ । अन्य दुईको नाम खुलेको छैन । घाइतेहरूको वीपी् कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाार भइरहेको छ।

पुरा पढ्नुहॊस »

हेल्लो किड्स तेस्रो बर्षमा प्रवेश

काठमाडौं । राजधानीको जोरपाटिमा अवस्थित हेल्लो किड्सले स्थापनाको दोश्रो वर्ष पारगरेको खुसीयालीमा बिद्यालयको आफ्नै भवनमा वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । अरुणीमा शैक्षिक प्रतिष्ठानकै सेवा बिस्तार स्वरुप स्थिापित सो शैक्षिक प्रतिष्ठानले बालबालिकाको शिकाईलाई उच्च प्राथामीकताका राख्दै बालबालिकालाई सबे क्षेत्रबाट एक सवल र सक्षम नागरीक बनाउन सक्दो कोशिस गरेको आयोजक बिद्यलयले जनाएको छ । कार्यक्र्रमको सुभारम्भ अरुनीमा एजुकेशन नेर्टोकको अध्यक्ष गोपाल बरालले गमलामा पानी हालेर गर्नुभएको थियो । …

पुरा पढ्नुहॊस »

मलेसियामा बस दुर्घटना, दुई नेपालीसहित ११ जनाको ज्यान गयो

काठमाण्डौ । आइतबार राती मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ११ जनाको ज्यान गएको छ । ज्यान जाने नेपालीमा रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेका छन्। ४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक बसका चालक रहेको बताइएको छ  । दुर्घटनामा ३३ जना घाइते …

पुरा पढ्नुहॊस »

गोदानको आन्दोलन जारी, बिरामीको विचल्ली

काठमाडौं । सरकारी चिकित्सकहरुले चौथो दिन पनि आन्दोलन जारी राखेका छन्। सरकारी चिकित्सकहरुको संस्था गोदानले सोमबार चौथो दिन पनि अस्पतालहरुमा आकास्मिक बाहेकका सेवा नदिने जनाएको छ। सरकारले कर्मचारी समायोजन गर्दा आफुहरुलाई संघ मातहत नराखेर प्रदेश र स्थानीय तह मातहतमा राखेको भन्दै सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका हुन्। उनीहरुको आन्दोलनका कारण सेवा लिन अस्पताल पुगेका र अस्पतालमै उपचाररत बिरामीको विचल्ली भएको छ। आधारभुत उपचारसेवा पाउनैपर्ने सर्वसाधारण सेवा नपाएर मारमा परेका छन्। महिनौं …

पुरा पढ्नुहॊस »

कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा जगातीबाट बनेपातर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा४९प ५४२७ नम्बरको मोटरसाइकललाई बा१९प ५०८९ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–६ का ३४ वर्षीय दीपेन्द्र लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । घाइते लामाको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको …

पुरा पढ्नुहॊस »

अब बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन चल्ने

काठमाडौं । काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ । आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विद्येयक पारित गरेको हो । पारित विद्येयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ । आजको नयाँपत्रिका दैनकिबाट

पुरा पढ्नुहॊस »

‘टोर्नाडो’को स्थलगत अध्ययन गर्दै मौसमविद् टोली

काठमाण्डाै । गएको साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ । वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपालको एक टोली स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । विभागका महानिर्देशक सरजु वैद्यले टोलीमा विभागका तीन, इसिमोडका दुई र …

पुरा पढ्नुहॊस »

लेक लागेर एकजना विदेशी नागरिकको ज्यान गयो

सोलुखुम्बु । खुम्बु क्षेत्रमा एक स्पेनिस नागरिकको ज्यान गएको छ । खुम्बु पासङल्हामु गाउँपालिका–५ लुङदेमा गएको आइतबार बिहान ९ बजे लेक लागेर एकजना पुरुष स्पेनिस नागरिक अलबेटोको ज्यान गएको हो । लुक्लाबाट ७ जनाको टोली आधारशिविरतर्फ जाँदै गर्दा बाटैमा बिरामी परेका उनलार्ई थ्रिपास गेस्ट हाउसमा लगिएको थियो । उनको त्यही गेस्ट हाउसमा नै ज्यान गएको प्रहरीले जनाएको छ । एसियन एड्भेन्चर एक्सपेडिसन ट्रेक्स प्रालिमार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी …

पुरा पढ्नुहॊस »

विभिन्न ब्राण्ड दिएर मापदण्ड विपरीत पिउने पानी विक्री गरिँदै, पानीमा कोलिफर्मको जीवाणु भेटिए

काठमाडौं । शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न नौवटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर …

पुरा पढ्नुहॊस »

पानी र हावाहुरीले बाराका आँधीपीडितलाई थप कष्ट

बारा । शनिबार बिहानदेखि परेको पानी र हावाहुरीले बाराका आँधीपीडितले थप कष्ट झेल्नु परेको छ । कामचलाउ त्रिपालको छाप्रो र टेन्टहरुमा हावा र पानीले असर पुर्‍याएपछि उनीहरु थप पीडामा परेका हुन । पानीकै कारण राहत वितरण कार्य प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । पानीको कारणकोे त्रिपाल र टेन्ट ढल्दा पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारिएका थिए । आँधीले असर पु¥याएको ८ स्थानीय तहका गाउँहरुमा प्रहरी, सेना र …

पुरा पढ्नुहॊस »