अख्तियारले भन्यो- आईटी क्षेत्रमा भ्रष्टाचार घुस्यो, सजग रहनू (पूर्णपाठ)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भेटिएपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले सूचना प्रविधि (आईटी) को क्षेत्रमा एकपछि अर्को अनियमितता भेटिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत सबै संघीय मन्त्रालयहरू, प्रदेश सरकार र स्थानीय तहहरूलाई १० बुँदे ध्यानाकर्षणपत्र पठाएको हो ।

मुलुकको सीमित स्रोतसाधनको अत्यधिक दोहन गरी सूचना प्रविधिसँग सम्बन्धित खरिदमा बेथिति देखिएको र उजुरीहरूको विश्लेषण गर्दा भ्रष्टाचारको प्रबल सम्भावना रहेको भन्दै अख्तियारले यसबारे नीतिगत सुधार हुनुपर्ने औँल्याएको छ ।

अख्तियारको परिपत्रमा भनिएको छ, ‘साबिक कार्यालयबाट अन्यत्र सरुवा भई जाने अवस्थामा सरुवा हुने कर्मचारीले सम्पूर्ण भौतिक तथा अभौतिक सम्पत्तिको बरबुझारथ एवम् प्रणाली सञ्चालन सम्बन्धी आवश्यक ज्ञान तथा सीप हस्तान्तरण हुने अवस्थाको सुनिश्चित गर्ने ।’ अख्तियारले सूचना प्रविधिमा आधारित अत्यावश्यक र राष्ट्रिय महत्वका सेवाहरूको आन्तरिक र तेस्रो पक्षीय परीक्षण (आईटी अडिट) गराउनसमेत भनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस