समाचार

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

गिरीबन्धुको जग्गा सट्टापट्टा गर्ने ओली सरकारको निर्णय सर्वोच्चले गर्‍यो बदर

काठमाडौं । गिरीबन्धु टी स्टेटको हदबन्दीभन्दा बढी रहेको जग्गा अन्यत्र सट्टापट्टा गर्ने गरी मन्त्रिपरिषदबाट दिइएको स्वीकृति सर्वोच्च अदालतले बदर गरिदिएको छ । गिरीबन्धु टि स्टेटसको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालिन केपी शर्मा ओली सरकारले गरेको निर्णय अदालतले बदर गरेको हो । बुधवार संवैधानिक इजलासमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत, सपना प्रधानमल्ल र सुष्मालता माथेमा रहेका थिए । प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको संवैधानिक …

पुरा पढ्नुहॊस »

सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी) लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथि कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित छलफल भएको थियो । छलफलका क्रममा १८ जना सांसदले विधेयकमाथि विभिन्न सुझाव दिएका थिए …

पुरा पढ्नुहॊस »

मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु

काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन् । ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हुँदा कटहरी गाउँपालिका-७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

क्यान्सरपीडित जनस्वास्थ्य विज्ञ डा शाक्यको निधन

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. करुणा लक्ष्मी शाक्यको निधन भएको छ । उनको ललितपुर पुल्चोकस्थित आफ्नै घरमा निधन भएको सिस्ट कलेजका प्रिन्सिपल नवीन श्रेष्ठले जानकारी दिए । ५६ वर्षीया शाक्य विगत २ वर्षदेखि डिम्बाशयको क्यान्सरबाट पीडित रहेको श्रेष्ठले बताए । जनस्वास्थ्य विषयमा विद्यावारिधि गरेकी शाक्यले विभिन्न अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी थिइन् ।

पुरा पढ्नुहॊस »

संसद्‍मा रवि लामिछाने- सहकारीका ठगलाई कारबाही गर्न कसले रोकेको छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सरकारलाई काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षका सांसदहरूलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने सबै थाहा रहेको बताउँदै त्यो काम गर्न कसले रोकेको भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसंगति छ, के गरे उपलब्धि हासिल …

पुरा पढ्नुहॊस »

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित तीनै जना रिहा

काठमाडौं । बाँसबारी छालाजुत्ता प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीनै जना हिरासत्त मुक्त भएका छन् । जिल्ला अदालत काठमाडौँले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि उनीहरू रिहा भएका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक संजय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो । प्रहरी हिरासत भनिए पनि उनीहरू स्वास्थ्यको कारण देखाउँदै सुरुमा चिरायु र त्यसपछि ग्राण्डी …

पुरा पढ्नुहॊस »

त्रिपुरासुन्दरीले पनि निकाल्यो ‘रूख काटेर जंगली जनावरको वासस्थान नष्ट गर्ने’ सूचना

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले रूख काट्न सूचना निकालेको छ । बाँदरले बालीनाली खाएको भन्दै वडाले निजी जग्गाका रूख काट्न सूचना निकालेको हो । फागुन महिनाभरि रूख काट्नुपर्ने वडाध्यक्ष शिव कार्कीद्वारा जारी सूचनामा उल्लेख छ । ‘प्रस्तुत विषयमा यस त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ को सबै बस्तीमा बाँदरलगायत अन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरि बाँदर लगायत …

पुरा पढ्नुहॊस »

शपथलगत्तै महासचिव पाण्डेयले गरे पदभार ग्रहण

काठमाडौं । संघीय संसद्का नव नियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले पदभार ग्रहण गरेका छन् । बिहान पद तथा गोपनीयताको शपथ लिएलगत्तै महासचिवमा पाण्डेयले पदभार ग्रहण गरेका हुन् । सभामुख देवराज घिमिरेले संघीय संसद्को लोत्से हलमा एक समारोहका बीच पाण्डेयलाई शपथ ग्रहण गराएका थिए । समारोहमा उप सभामुख इन्दिरा राना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायतको उपस्थिति रहेको थियो । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय …

पुरा पढ्नुहॊस »

प्रदेशका सबै जिल्ला जोड्नेगरी आन्तरिक हवाई उडानको तयारी गर्दै कर्णाली सरकार

काठमाडौं । प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो । प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक-पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउँदै छ । मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायु सेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds