rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं.
माघ २६, २०८० । ई.सं. 09 Feb, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ पोहेलागा । पिङ्गल उत्तरायण  शिशिर । शुक्रबार माघ कृष्णपक्ष । तिथि चतुर्दशी ०७:३४ बजेसम्म, त्यसपछी औंसी ०५:२९ बजेसम्म, त्यसपछी प्रतिपदा । नक्षत्र श्रवण ००:२२ बजेसम्म, त्यसपछी धनिष्ठा । योग व्यतीपात १९:५५ बजेसम्म, त्यसपछी वरियान् । करण शकुनि ०७:३४ बजेसम्म, त्यसपछी चतुष्पद १८:३३ बजेसम्म, त्यसपछी नाग ०५:२९ बजेसम्म, त्यसपछी किंस्तुघ्न । चन्द्रराशि मकर । आनन्दादि योग धुम्र । दिनमान ११:१ । सूर्योदय ६:४८ । सूर्यास्त १७:४९ । औंशीश्राद्ध(निशी/हलोबार्ने), कान्तिपुरको पशुपतिनाथस्थित आर्यघाटमा माधवनारायणमेला, बुटवलनजिक परासीमा त्रिवेणीमेला । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ, तर प्राविधिक विषयमा बढी सफलता मिल्नेछ । सामाजिक क्षेत्रबाट मान मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पनि पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस