नेपाल प्रहरीमा १८५६ जनाको भर्ना खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो ।

खुला तथा समावेशीसहित प्रहरी जवान पदका एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । त्यसैगरी भान्छेका लागि ६३, हजाम ७ जना, कुचिकार २० जना र खेलाडी १४ जनाका लागि पनि आवेदन आव्हान भएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उम्मेदवारले चैत ९ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री