त्रिवि उपकुलपतिका लागि १४ जना ‘सर्ट लिस्ट’मा, को-को परे ? (नामसहित)

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम ‘सर्ट लिस्ट’मा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । सिफारिस समितिले आवेदनमध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो ।

जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी र टंकनाथ धमला ओखलढुंगा रहेका छन् । त्यस्तै, तीर्थराज खनियाँ चितवन, नारायण प्रसाद बेलबासे अर्घाखाँची, प्रकाश घिमिरे काठमाडौं भोजराज अर्याल काठमाडौं, महेन्द्र प्रसाद शर्मा बागलुङ रामचन्द्र बस्नेत काठमाडौं, शिवलाल भुसाल अर्घाखाँची र सूर्यबहादुर थापा गुल्मी रहेका छन् ।

समितिले सर्ट लिस्टमा समावेश गरेका यी १४ अनुहारबाट नै त्रिविको नयाँ उपकुलपति नियुक्त हुनेछ । उपकुलपतिकालागि दुई महिलासहित ४३ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १५ जनासम्मको नाम सर्ट लिस्टमा राख्नुपर्ने भन्ने भए पनि समितिले १४ जनाको मात्रै नाम सर्ट लिस्टमा निकालेको हो । अब सर्ट लिस्टमा परेकाहरूमध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । तीनमध्ये एक जनालाई नियुक्त गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस