समाचार

बुढानीलकण्ठमा देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बिहान १० बजे बैठक बोलाएका हुन् । सत्ता गठबन्धन भत्किएपछि नयाँ रणनीति तय गर्न देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका एक पदाधिकारीले जानकारी दिए । कांग्रेस नेतृत्वको गठबन्धन एक वर्ष नपुग्दै भत्किएको छ ।

पुरा पढ्नुहॊस »

एमाले उपाध्यक्ष पाण्डे भन्छन्- आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद् बन्छ

काठमाडौं । धरमराइरहेको सत्ता गठबन्धन अन्ततः भत्किने भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेकाअनुसार सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् आजै बन्ने भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमाले सहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरु दलहरुसँग पनि कुरा भइरहेको छ । आजै बन्ने नयाँ मन्त्रिमण्डलले शपथ लिने नेता पाण्डेको दाबी छ ।

पुरा पढ्नुहॊस »

नयाँ गठबन्धन बनाउन व्यस्त शीर्ष नेता

काठमाडौं । वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने भनिएका तर्कहरूमा बल पुगेको छ । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरुबीच भएको छलफलपछि सत्ता गठबन्धन परिवर्तन हुने सम्भावना बलियो भएको हो । छलफलपछि नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु भएको छ । कांग्रेसको महासमिति बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरूसँग …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभामा निर्वाचित १९ सदस्यको शपथग्रहण आज

काठमाडौं । राष्ट्रियसभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् । शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ । गत माघ ११ गते सम्पन्न …

पुरा पढ्नुहॊस »

राजनीतिमा नयाँ तरंग

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा निर्वाचनमा असहयोग र अविश्वास बढ्दा सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसमेत समेटेर नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु गरेका छन् ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

अधिकांश क्षेत्रमा वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै …

पुरा पढ्नुहॊस »

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कोटेश्वरमा बसले दियो ठक्कर, आइसियुमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ । कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनी गम्भीर घाइते भएका छन् । उनको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जिवन श्रेष्ठले खत्रीको आईसियुमा राखेर उपचार भइरहेको बताए ।

पुरा पढ्नुहॊस »

पुण्य गौतम र युवराज सफल शिक्षण अस्पताल परिसरबाट पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । चितवनकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु प्रकरणमा पोष्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर आन्दोलन गरेका थिए । आफूहरूसहित शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर शिक्षण अस्पतालमा नाराबाजी गरेपछि दुवैलाई पक्राउ गरी महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ । …

पुरा पढ्नुहॊस »

बालेनविरुद्ध सडकमा उत्रिए काठमाडौंका व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एशोसिएसनले आइतबार प्रदर्शन गरेको छ । कवाडी व्यवसायीहरुमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरुले महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको कार्यालय राष्ट्रिय सभा गृह अगाडि विरोध र्‍याली निकालेका हुन् । र्‍यालीमा सहभागीहरुले ‘कानुनी शासन लागू गर’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर’, ‘अदालतको निर्णयको सम्मान गर’ जस्ता नारा लगाएका थिए । केही दिनअघि काठमाडौं मलअगाडि र सुन्धारा क्षेत्रमा फुटपाथ व्यवसायीहरूमाथि नगर प्रहरीले …

पुरा पढ्नुहॊस »