बालेनविरुद्ध सडकमा उत्रिए काठमाडौंका व्यवसायी

काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध नेपाल रिकलेक्टर्स एण्ड रिसाइक्लर्स एशोसिएसनले आइतबार प्रदर्शन गरेको छ । कवाडी व्यवसायीहरुमाथि दमन गरेको भन्दै आइतबार कवाडी व्यवसायीहरुले महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको कार्यालय राष्ट्रिय सभा गृह अगाडि विरोध र्‍याली निकालेका हुन् ।

र्‍यालीमा सहभागीहरुले ‘कानुनी शासन लागू गर’, ‘अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर’, ‘अदालतको निर्णयको सम्मान गर’ जस्ता नारा लगाएका थिए । केही दिनअघि काठमाडौं मलअगाडि र सुन्धारा क्षेत्रमा फुटपाथ व्यवसायीहरूमाथि नगर प्रहरीले आक्रमण गरेर केहीलाई गम्भीर घाइते बनाएका थिए ।

सरकारी निकायमा दर्ता भएर कर समेत तिरिरहेका व्यवसायमाथि दमन गरिएको भन्दै मेयर बालेन्द्रविरुद्ध नाराबाजी भएको हो । आइतबारको झरीबीच काठमाडौँका विभिन्न स्थान परिक्रमा गर्दै प्रदर्शन गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस