आज सांस्कृतिक कार्यमा सरिक भइने छ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने र जोशजाँगर बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »नयाँ वर्ष २०८१ शुभारम्भ, हर्षोल्लाससहित मनाइँदै
काठमाडौं । विक्रम संवतको पात्रोअनुसार नयाँ वर्ष सुरु भएको छ । मध्यरातबाट २०८० साल सकिएर २०८१ साल सुरु भएको हो । हरेक १ वैशाखलाई विक्रम संवतको पात्रोअनुसार नयाँ वर्षको रुपमा मनाउने गरिएको छ । त्यसैले यस दिनलाई नेपाल तथा विश्वभर छरिएर रहेका नेपालीले विशेष महत्वका साथ मनाउने गर्छन् । विक्रम संवत पात्रोअनुसार सौर्यमानक हिसाबले १ वैशाख १ मा नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ …
पुरा पढ्नुहॊस »२०८१ सालको पहिलो दिन कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्य बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई पठाउने भएको छ । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता रेखा शर्माले भनिन्– राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्याय भयो ।’
पुरा पढ्नुहॊस »संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ …
पुरा पढ्नुहॊस »घरमा बसिरहेका बेला चट्याङ लागेर युवकको घटनास्थलमै मृत्यु
काठमाडौं । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षीय एक पुरुषको ज्यान गएको छ । बिहीबार साँझ वर्षासँगै परेको चट्याङले लागी खिजीदेम्बा–४ लोसाका बमनबहादुर तामाङको ज्यान गएको हो । तामाङ घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर ढली बेहास भएका थिए । तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सूचना अधिकारी बालिष्टार सिंहले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
पुरा पढ्नुहॊस »ओलीले भने- कांग्रेसले संसद चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेका छन् । मन्त्रिपरिषद्को बैठकअघि शुक्रबार प्रचण्ड र ओलीबीच संसदको अधिवेशन अन्त्य गर्नेबारे छलफल भएको हो । बैठकपछि एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले निरन्तर संसद बैठक अवरोध गरेपछि संसदको अधिवेशन अन्त्य गर्न बाध्यता भएको बताएका छन् । ‘कांग्रेसले संसद चल्न दिएन । यसैले संसदको अधिवेशन अन्त्य गर्ने तयारी भएको छ । बिजनेस नपाएर …
पुरा पढ्नुहॊस »रञ्जिताले रेशम पक्षका मुख्यमन्त्रीका दाबेदार घनश्याम चौधरीलाई गरिन् निलम्बन
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेशसभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरेकी छन् । पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै घनश्यामलाई तीन महिनासम्मका लागि निलम्बन गरिएको पत्र सभाभुख भीमबहादुर भण्डारीलाई बुझाइएको छ । घनश्यामलाई रेशम चौधरी पक्षले मुख्यमन्त्रीका रूपमा अघि सारेको थियो । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने लगभग निश्चित जस्तै छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद बढेको …
पुरा पढ्नुहॊस »हिँडेरै अस्पताल पुगेकी २२ वर्षीया भीमाको पाठेघर सफा गर्दा मृत्यु
काठमाडौं । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा युवतीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । हिँडेरै अस्पताल पुगेकी दैलेखको आठबिस नगरपालिका-५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । उनी दैलेखबाट उपचारका लागि केही दिाअघि सुर्खेत पुगेकी थिइन् । सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको निजी अस्पतालमा पुगेकी उनको त्यहाँ पाठेघरमा केही समस्या देखायो । त्यसपछि आफैं हिँडेर भीमा प्रदेशकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल गइन् …
पुरा पढ्नुहॊस »सामुदायिक वनको डढेलोमा परी बालकको मृत्यु
काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ । जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका …
पुरा पढ्नुहॊस »