समाचार

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

काठमाडौं । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । पाण्डे कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री पाण्डेले केन्द्रमा जे भयो त्यही अनुसार नै आफूले निर्णय गरेको प्रतिक्रिया दिए । ‘गण्डकी सरकारमा दुई वटा पार्टी सरकारमा थिए । माओवादीका मन्त्रीलाई हटाएका हौँ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘माथि …

पुरा पढ्नुहॊस »

पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु/मदिरा खान र बेच्न नपाइने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा मदिरा र मासुको बिक्री वितरणमा रोक लगाएको छ । महाशिवरात्रि पर्वका अवसरमा असहजता ननिम्त्योस् भनी काठमाडौँ प्रशासनले पाशुपत क्षेत्रमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार सूचना जारी गर्दै यही फागुन २३ गतेदेखि २७ गतेसम्मका लागि पशुपतिनाथ आसपासका क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाइएको जानकारी दिएका …

पुरा पढ्नुहॊस »

चार दलबीचको आठबुँदे सहमतिमा के-के छ ?

काठमाडौँ । नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । सोमबार राति नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ । सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने र सरकारको नेतृत्व नेकपा …

पुरा पढ्नुहॊस »

निजामती सेवामा महिलालाई ५० प्रतिशत आरक्षण

काठमाडौं । संघीय निजामती सेवा विधेयक-२०८० मा निजामती सेवामा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । संसद्‌मा सोमबार दर्ता भएको  संघीय निजामती सेवा विधेयकमा महिला आरक्षणलाई पनि समावेशी गराई पदपूर्ति गर्ने व्यवस्था गरिएको हो । हाल प्रचलित कानूनमा यस्तो व्यवस्था छैन ।

पुरा पढ्नुहॊस »

गठबन्धन कांग्रेसलाई महँगो साबित भयो, अब सजग बनौं : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन परिवर्तन गर्ने सोमबारको घटना सामान्य नभएको बताएका छन् । नयाँ गठबन्धन बनेपछि प्रतिक्रिया दिँदै नेता कोइराला यो असामान्य घटना भएको टिप्पणी गरेका हुन् । उनले राजनीतिक परिवर्तनबाट कांग्रेस नेतृत्वले पाठ सिक्नुपर्ने बताए । ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो, तर हिजो (फागुन २१)को घटना सामान्य होइन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे …

पुरा पढ्नुहॊस »

पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको बीभत्स हत्या

काठमाडौं । मोरङको पथरीशनिश्चरेमा एक किशोरीको हत्या भएको छ । प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो । पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार ती किशोरी फूपुको छोराको घरमा बस्दै आएकी थिइन् । घर पसिसरमा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरीको भनाइ …

पुरा पढ्नुहॊस »

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको हो । कांग्रेसले कार्यसम्पादन समिति बैठक गरेर पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा कांग्रेसको भावि बाटोको विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडे लगत्तै सोमबार सभापति …

पुरा पढ्नुहॊस »

बसको ठक्करबाट जेब्राक्रसिङमा हिँडिरहेका बालकको मृत्यु, बसमा सवार युवती घाइते

काठमाडौं । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले ठक्कर दिँदा ९ वर्षीय आरुष पौडेलको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका-७ स्थित माछापुच्छ्रे चोकनजिकै ‘जेब्रा क्रसिङ’मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । घटनामा बसमा सवार भरतपुर-७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएकी छन् …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

मौसमी प्रणालीको प्रभाव कायमै, वर्षाको सम्भावना छ/कि छैन ?

काठमाडौं । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि …

पुरा पढ्नुहॊस »