समाचार

नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा (भिडियोसहित)

काठमाडौँ । भारतको नयाँदिल्ली स्थित मानवरचना इन्टरनेसनल इन्सटिच्युट अफ रिसर्च एन्ड स्टडिजले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ । शुक्रबार काठमाडौँमा मानवरचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको हो । कार्यक्रममा बोल्दै मानवरचनाकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले मानवरचना गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको र यसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन …

पुरा पढ्नुहॊस »

सालिन पोख्रेलको मृत्युको कारण झुण्डिएर, बलात्कार पनि नभएको पोष्टमार्टम रिपोर्ट

काठमाडौं । चितवनको रत्ननगर नगरपलिका-१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट आएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको पोस्टमार्टमको रिपोर्ट आइतबार आएको हो । अस्पतालले आइतबार दिएको रिपोर्टमा उनको मृत्युको कारण झुण्डिएर भएको खुलेको छ । बलात्कार पछि हत्या गरिएको आफन्तले आशंका गरे पनि रिपोर्टमा बलात्कार नभएको पुष्टि भएको छ । जिल्ला अस्पताल चितवनमा आफन्तले पोष्टमार्टम …

पुरा पढ्नुहॊस »

अभियन्ता ईः को टिप्पणी : ढाट्न र छल्न मेयर बालेनबाट सिक्नु पर्छ

काठमाडौँ । सामाजिक अभियन्ता ईः ले कसैले ढाट्न वा छल्न सिक्ने भए काठमाडौंका मेयर बालेन्द्र (बालेन) शाहबाट सिक्नु पर्ने टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमा पोष्ट मेयर बालेनले नगर प्रहरीमाथि एमालेका कार्यकर्ताले सुरूमा आक्रमण गरेको आरोप लगाएका थिए । ‘हाम्रो नगर प्रहरीले प्रहरीको अधिकार प्रयोग गरेको होइन, आत्मरक्षा र प्रतिवादका लागि मानवअधिकारको प्रयोग गरेका हुन् । तपाईंले हेर्नुभएको भिडिओ दोस्रो हाफ हो, पहिलो हाफलाई राष्ट्रिय सरकारले मेटाएको छ,’ उनले …

पुरा पढ्नुहॊस »

शालिन पोखरेल मृत्यु प्रकरण : घटनाको गहन अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिका १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीय छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कारबाहीका लागि सरकारसँग पार्टीले जोडदार माग गरेको हो । केहि दिनअघि सोही स्कुलको होस्टेलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणहरूप्रति नेपाली कांग्रेसको गम्भीर …

पुरा पढ्नुहॊस »

हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित पशुपतिमा विश्वशान्ति महायज्ञ (तस्बिरहरु)

काठमाडौं । हिन्दु, बौद्ध, किराँत एकता सन्देशसहित काठमाडौंको पशुपतिमा विश्वशान्ति महायज्ञ सुरु भएको छ । हिन्दु, बौद्ध, किराँत तीनै धर्मका धर्मगुरुहरुका उपस्थितिका साथै धामीझाँक्री, कलशयात्रा, झाँकी प्रदर्शन र बाजागाजासहित पशुपतिनाथको मन्दिर परिक्रमा गरेर महायज्ञको सुरु गरिएको छ । हिन्दु धर्मका गुरुहरु खगेन्द्र पोखरेल, त्रिलोचन सुवेदी, वेदप्रसाद पोखरेल, नारद अधिकारी, तान्त्रिक गुरु सुनिल कुमार वैश्य, बौद्ध धर्मका गुरुहरु सङ्गे लामा साथै वाङ्छु लामा, पासाङ छिरिङ लामा, धावा वाङ्छु लामा, लावाङ लामा, …

पुरा पढ्नुहॊस »

चितवनमा स्कुलबाट घर फर्किदै गर्दा हराएका बालक मकवानपुरमा भेटिए

काठमाडौं । चितवनबाट हराएका एक बालक मकवानपुरमा भेटिएका छन् । भरतपुर-१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल मकवानपुरको हेटौंडामा भेटिएका हुन् । उनी दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए । हेटौंडा बसपार्कमा फेला परेका उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका-१३ घर भएका बालक बराल गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा …

पुरा पढ्नुहॊस »

एमाले कार्यकर्ताले पहिले नगर प्रहरीमाथि आक्रमण गरे, भिडिओ एकतर्फी छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एमाले कार्यकर्ताले नगर प्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन् । गत बुधबार साँझ काठमाडौंको सुनधारामा भएको घटनामा पहिले नगर प्रहरीमाथि स्टील रडले आक्रमण गरिएको उनको आरोप छ । नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर नेकपा एमालेका कार्यकर्ता भएको मेयर शाहको जिकिर छ । शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले गएको बुधबारको घटनाबारे स्पष्टीकरण दिएका हुन् । सो साँझ नगर प्रहरीले बल …

पुरा पढ्नुहॊस »

काठमाडौँबाट पोखरा घुम्न गएका दुई युवकको बाइक दुर्घटनामा मृत्यु

काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । डिभाइडरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परी कैलालीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो । शनिबार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा आचार्यको बिहान करिब ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना …

पुरा पढ्नुहॊस »

सरकार र दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति, चैत २१ गतेसम्म किसानले सबै भुक्तानी पाउने

काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा सहमति भएको हो । वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी स्रघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने …

पुरा पढ्नुहॊस »

होस्टेलमा छात्रा मृत्यु प्रकरण : हत्या की आत्महत्या, छानबिनमा जुट्यो प्रहरी

काठमाडौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन् । निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो । यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन् । प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ । शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, …

पुरा पढ्नुहॊस »