राष्ट्रियसभामा निर्वाचित १९ सदस्यको शपथग्रहण आज

काठमाडौं । राष्ट्रियसभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन् । संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन् ।

शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ ।

गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए । एकजना सदस्य राष्ट्रपतिबाट मनोनित हुने छन् । शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरू आजको राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् । राष्ट्रियसभाको बैठक दिउँसो १ : १७ बजेका लागि बोलाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस