समाचार

चन्द्रागिरि क्षेत्रका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गर्न सकिने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले प्राथमिकतामा परेका विभिन्न दश आयुर्वेदिक जडीबुटीको उद्यान एवं प्रशोशन केन्द्र निर्माण गर्ने भएको छ । हाल नगरपालिकाले चन्द्रागिरि–८ मातातीर्थमा सञ्चालित मातातीर्थ आयुर्वेद औषाधालयलाई १५ श्ययामा स्तरोन्नति गरिसकेको छ । नगरपालिकाले आफ्ना सामुदायिक वनभित्र रहेका आयुर्वेदिक प्रजाति सुगन्धवाला, चिराइतो, गुर्जाे, तितेपाती, टिमुर, पाखानवेद, धासिङ्गरे, लौठसल्ला, पिपला र कौलोको संरक्षण, उपयोग एवं प्रवद्र्धन गर्न लागेको हो । यसका लागि नगरपालिकाले पहिलोपटक जडीबुटीको स्रोत सर्वेक्षण सम्पन्नसमेत गराएको छ । …

पुरा पढ्नुहॊस »

प्रचण्ड सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रचण्ड सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् । तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।

पुरा पढ्नुहॊस »

युनिक्याम्पस ग्लोबलको नयाँ शाखा महाराजगञ्जमा

काठमाडौं । युनिक्याम्पस ग्लोबलले काठमाडौंको महाराजगन्जस्थित पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने योजनामा रहेका विद्यार्थीहरूलाई थप सहजता प्रदान गर्ने उद्देश्यले आइतबारबाट नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याइएको बताइएको छ । बूढानीलकण्ठ, टोखा, चक्रपथ, सामाखुसी, गोंगबु, लाजिम्पाटलगायत क्षेत्रका विद्यार्थीको सहजतालाई ध्यानमा राखेर नयाँ शाखा सञ्चालनमा ल्याइएको युनिक्याम्पसले जनाएको छ । युनिक्याम्पस ग्लोबलका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले आज नयाँ शाखाको उद्घाटन गरेका हुन् । कोरोनाकालमा केही …

पुरा पढ्नुहॊस »

माधव नेपाल प्रधानमन्त्री बन्ने ‘च्याप्टर क्लोज’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा-आधा नेतृत्व गर्ने सहमति भएको छ । कांग्रेससँगको सहकार्य तोड्दै नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच आधा-आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो । हाम्रा अध्यक्ष र प्रधानमन्त्रीबीच धेरै कुरा प्याकेजमै सहमति भएको र सरकारको बाँकी कार्यकाल २ /२ वर्ष बाँड्ने उनीहरूबीच सहमति भएको एक नेताले जानकारी दिए …

पुरा पढ्नुहॊस »

सशस्त्र प्रहरी बलका डीएसपी बस्याल मृत फेला

काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत फेला परेका छन् । धनपालथान गाउँपालिका–३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् । बस्याल धनपालथान गाउँपालिका–३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुण्डिएको अवस्थामा डीएसपी बस्यालको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिएका छन् । बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिने, तर कोठाभित्र अहिलेसम्म प्रहरी टोली प्रवेश …

पुरा पढ्नुहॊस »

७८ औँ स्थापना दिवस मनाउँदै ट्रेड युनियन कांग्रेस

काठमाडौँ । विराटनगर जुटमिल आन्दोलनको जगमा स्थापित नेपालको सबैभन्दा पुरानो श्रमिक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आज देशभर ७८ औँ स्थापना दिवस मनाउँदैछ । नेपालमा प्रजातन्त्र स्थापना र पुनः स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको ट्रेड युनियन कांग्रेसले आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको छ । श्रमिकको योगदानले नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्तामा पुगेपछि राजनीतिक दल श्रमिकको मुद्दामा गम्भीर हुन नसकेको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए …

पुरा पढ्नुहॊस »

पुरानो भत्कियो, बन्यो नयाँ सत्ता गठबन्धन

काठमाडौं । धरमराइरहेको सत्ता गठबन्धन अन्ततः भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो । आइतबार रातिसम्म चलेको एमाले र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको थियो । गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बनेको छ । यद्यपि यसमा राप्रपा भने समेटिएको छैन । प्रतिनिधि सभामा एमालेका ७७, माओवादी केन्द्रका ३२ र …

पुरा पढ्नुहॊस »

एमाले, माओवादी र रास्वपाका एक/एक मन्त्रीले शपथ लिँदै

काठमाडौं । नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरू शपथ लिने भएका छन् । सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । उनका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन् । गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन् । यसअघि माओवादीबाट पुन र …

पुरा पढ्नुहॊस »

टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै …

पुरा पढ्नुहॊस »

एमालेबाट पदम गिरी मन्त्री बन्ने पक्का, रवि गृहमन्त्री बन्ने सम्भावना

काठमाडौँ । सत्ता गठबन्धन भत्किएसंगै एमालेसहितको गठबन्धन ब्युँत्याएर आजै नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् । एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ । जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक …

पुरा पढ्नुहॊस »