नयाँ गठबन्धन बनाउन व्यस्त शीर्ष नेता

काठमाडौं । वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने भनिएका तर्कहरूमा बल पुगेको छ । आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरुबीच भएको छलफलपछि सत्ता गठबन्धन परिवर्तन हुने सम्भावना बलियो भएको हो ।

छलफलपछि नयाँ समीकरण बनाउन निर्णायक पहल सुरु भएको छ । कांग्रेसको महासमिति बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहितका दलहरूसँग मिलेर नयाँ समीकरण बनाउने समझदारी भएको हो ।

कांग्रेस बैठकबाट पारित दस्तावेज अस्वीकार्य भएको निष्कर्षसहित नयाँ विकल्प जान तयारी भएको एक माओवादी नेताले जानकारी दिए । ‘अब कांग्रेसको दस्ताबेजको कारणले नयाँ मोड लियो, अब मुख्यतया एमालेसँग सहकार्यको सहमति भएको छ,’ उनले भने, ‘अब नयाँ समीकरणमा कोको थपिन्छन् छलफल चल्दछ ।’

लामो गृहकार्यपछि आइतबार साँझ अबेर प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली दुई/दुई सहयोगी नेताहरूसहित बालुवाटारमा औपचारिक छलफलका लागि बसेका थिए । छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादी उपमहासचिव वर्षमान पुन तथा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादव पनि साथमा थिए ।

सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका लागि भनिए पनि बैठकमा वैकल्पिक सरकार निर्माणको विषयमा छलफल भएको थियो । सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भने लामो समय भइसकेको छ ।

अहिले एमालेको सचिवालय बैठक बालकोटमा बसिरहेको छ भने माओवादी सचिवालय बैठक पनि जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी रहेको उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए । रास्वपाले विकसित पछिल्लो राजनीतिक घटनाक्रम र सङ्क्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाएको हो । त्यसलगत्तै एमाले, माओवादी, रास्वपा र जसपाको बैठक बोलाउने दाहालको तयारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस