समाचार

कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने

काठमाडौँ । नेपाली कांग्रेसले सांसद युवराज शर्मालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको संसदीय दलको बैठकले शर्मालाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्तावसहित कांग्रेसले राष्ट्रिय सभा सदस्य बनाएको भएपनि अहिले गठबन्धन बदलिएर नयाँ परिस्थिति निर्माण भएपछि शर्मालाई उम्मेदवार बनाएको हो । ७४ बर्षिय शर्मा ०४५ सालमै पार्टीको बाँके …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो। तालिका अनुसार फागुन २९ गते निर्वाचन तय गरिएको छ। त्यस्तै भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ भने साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ ।  

पुरा पढ्नुहॊस »

नेपालको राजनीति फोहोरी खेलमा गयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति फोहोरी खेलमा गएको दाबी गरेका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री कतिखेर धकेलिने र लड्ने भन्ने डरमा रहेको जिकिर गर्दै नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गरेका हुन् । उनले राजनीति विकृत बनाएका कारण पदको लोलुप्ता देखिने गरेको उनको भनाइ छ । उनले भने- ‘हाम्रो ध्यान सरकार टिकाउन, बदल्नमै गएको छ …

पुरा पढ्नुहॊस »

गठबन्धन सरकार सञ्चालनको नीति बनाउन १० सदस्यीय कार्यदल, को-को छन् ?

काठमाडौँ । सत्ता गठबन्धन सञ्चालनको साझा कार्यक्रम तय गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । सरकारमा सहभागी भएका पाँच दलले दुई–दुई जना रहने गरी कार्यदल बनाएका हुन् । आइतबार अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेर सरकारको न्युनतम साझा कार्यक्रममाथि छलफल थालेका छन् । कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल छन् । त्यस्तै, नेकपा …

पुरा पढ्नुहॊस »

स्वास्थ्यमन्त्री यादव र वनमन्त्री साहले लिए शपथ

काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष यादवलाई स्वास्थ्मन्त्री नियुक्त गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ गराएका छन् । त्यसैगरी जसपाबाटै नबलकिशोर साह वनमन्त्री बनेका छन् । यसअघि प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री …

पुरा पढ्नुहॊस »

पार्टी कार्यालयमै कुटिए राप्रपा नेता ठाकुरमोहन श्रेष्ठ

काठमाडौँ । राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ । उनलाई पार्टी कार्यालयमै कुटपिट भएको हो । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि कुटपिट भएको राप्रपाका एक नेताले जानकारी दिए । कुटपिटको कारण खुल्न बाँकी छ ।

पुरा पढ्नुहॊस »

बेलायतबाट आयोजना गरिने विश्वव्यापी मापदण्ड अनुसार परीक्षा मेडिसिटी अस्पतालमा

काठमाडौँ । नेपालमै पहिलो पटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । परीक्षा फागुन २२, २३ र २४ गते तीन दिनसम्म चलेको थियो ।. Federation of the Royal College of Physicians, UK ले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिएको हो । परीक्षामा ४० जना परीक्षार्थीहरु सहभागी …

पुरा पढ्नुहॊस »

गोरखापत्रकर्मी लक्ष्मी खतिवडासहित ३० महिला सम्मानित

काठमाडौँ । चन्द्रलोक प्रतिष्ठानले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा गोरखापत्र संस्थानबाट प्रकाशित मुना मासिकका सहसम्पादक लक्ष्मी खतिवडा लगायत समाजमा विभिन्न क्षेत्रमा योगदान पु-याएका महिलालाई सम्मान गरेको छ । प्रतिष्ठानले उपसभामुख इन्दिरा रानामगर, नेतृ जयन्ती राई, रन्जु झा र गोकणेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामालगायत ३० जना महिलालाई सम्मान गरिएको हो । सो कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजबादी) का बरिष्ठ नेता एवम् नेपालका पूर्व प्रधानमन्त्री झलनाथ …

पुरा पढ्नुहॊस »

मध्यराति होटल सञ्चालक महिलाको हत्या, पतिसहित चार जना पक्राउ

काठमाडौं । सिरहाको गोलबजारमा एक होटल सञ्चालक महिला महिलाको हत्या गरिएको छ । गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती ३२ वर्षीय अनिता कुमारी साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो । स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि साह दम्पती होटल सञ्चालन गर्दै आएको थिए । गएराति करिब १ बजेर ४० मिनेट जाँदा धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा अनिताको शव फेला …

पुरा पढ्नुहॊस »

एकै कार्यकालमा तेस्रो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, कति सांसदको पाउलान् समर्थन ?

काठमाडौं । अकस्मात् नयाँ गठबन्धन बनेपछि कांग्रेसले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानबमोजिम सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । यसअनुसार उनले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने छ ।

पुरा पढ्नुहॊस »