स्वास्थ्यमन्त्री यादव र वनमन्त्री साहले लिए शपथ

काठमाडौं । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष यादवलाई स्वास्थ्मन्त्री नियुक्त गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ गराएका छन् ।

त्यसैगरी जसपाबाटै नबलकिशोर साह वनमन्त्री बनेका छन् । यसअघि प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए । अहिले जसपाबाट दुई जना मन्त्री बनेसँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तराईमा रेकर्ड ब्रेक गरेको गर्मी तत्काल नघट्ने

काठमाडौं । पश्चिम तराईका जिल्लामा गर्मीले रेकर्ड ब्रेक गरिरहेको छ । बिहीबार बाँकेको नेपालगन्जको अधिकतम …

प्रतिकृया दिनुहॊस