समाचार

गृहमन्त्री रवि र श्रममन्त्री डीपीको जिम्मेवारी हेरफेरको माग राख्दै प्रधानमन्त्री कार्यालयमा निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद (डीपी) अर्यालले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन परेको छ । स्वार्थको द्वन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरी पाई भनी युवराज सफलले निवेदन दर्ता गराएका हुन् । निवेदनमा मन्त्रालय आपसमा हेरफेर गर्न माग गरिएको छ । ‘२०८० फाल्गुन २३ गते बुधवारको दिन गठित मन्त्रिपरिषद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आज ११ बजेदेखि १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । उम्मेदवारको मनोनयन दर्ता संसद भवन नयाँ बानेश्वरको ल्होत्से भवनमा हुने छ । आजै साढे १ बजे दर्ता भएका प्रस्तावको सूची प्रकाशित हुने छ । त्यसपछि मंगलबार बिहान ११ बजेर ०९ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यक्ष पदमा …

पुरा पढ्नुहॊस »

कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका ट्राफिकको मृत्यु

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सई खत्रीको आइतबार मृत्यु भएको हो । फागुन २० मा जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

पुरा पढ्नुहॊस »

झापाको भगवती प्लाइउड उद्योगमा आगलागी

काठमाडौं । झापाको मेचीनगर-१५ ज्यामिरगढी भगवती लेमिनेट्स प्लाइउड कारखानामा आगलागी भएको छ । उद्योगमा बिहान पाँच बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागी नियन्त्रणमा झापा जिल्लाभरका दर्जनभन्दा बढी दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मीका साथै स्थानीय समेतको प्रयत्नमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले भित्री भागमा आगो …

पुरा पढ्नुहॊस »

सभापति देउवाले दिए ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज दिएको शुभकामना सन्देशमा नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्त्वपूर्ण पर्व भएको बताएका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा हुनेछ वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा आज केही प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ । वाग्मती र कोसी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-गको मौसम मुख्यतया सफा छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी …

पुरा पढ्नुहॊस »

आज शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार, सार्वजनिक बिदा

काठमाडौँ । आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो ।

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उनलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

पुरा पढ्नुहॊस »

माओवादीबाट नारायण दाहाल बने राष्ट्रियसभा अध्यक्ष उम्मेदवार

काठमाडौँ । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिद्वारा मनोनित राष्ट्रियसभा सदस्य दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाई हुन् । राष्ट्रिय सभा अध्यक्षका लागि नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार मनोनयन दर्ता हुदै छ भने मंगलबार निर्वाचन हुदै छ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ ।

पुरा पढ्नुहॊस »