गोरखापत्रकर्मी लक्ष्मी खतिवडासहित ३० महिला सम्मानित

काठमाडौँ । चन्द्रलोक प्रतिष्ठानले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा गोरखापत्र संस्थानबाट प्रकाशित मुना मासिकका सहसम्पादक लक्ष्मी खतिवडा लगायत समाजमा विभिन्न क्षेत्रमा योगदान पु-याएका महिलालाई सम्मान गरेको छ । प्रतिष्ठानले उपसभामुख इन्दिरा रानामगर, नेतृ जयन्ती राई, रन्जु झा र गोकणेश्वर नगरपालिकाका उप प्रमुख सान्नानी लामालगायत ३० जना महिलालाई सम्मान गरिएको हो ।

सो कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजबादी) का बरिष्ठ नेता एवम् नेपालका पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा लैङ्गिक समानताका लागि थुप्रै ऐन, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आयोगको समेत व्यवस्था भएकाले अहिले महिला महिला, हक, हित र समानताको लागि अनुकुल अवस्था भएको बताए । नेपालको महिला आन्दोलन अहिलेको अवस्था सम्म आउनुमा स्वर्गिय साहाना प्रधान, मङ्गलादेवी सिंहलगायतका थुप्रै अग्रज नेपाली महिला नेतृहरुले पुर्याएको योगदानको स्मरण समेत गरेका थिए ।

उपसभामुख इन्दिरा रानामगरले सो प्रतिष्ठानले देशैभरी विभिन्न क्षेत्रमा काम गरिरहेका महिलालाई सम्मान गरेर हौसला प्रदान गरेको बताइन् । सो अवसरमा महिला बेचबिखन बिरुद्धको सचेतनामूलक नाटक लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुत गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस