गठबन्धन सरकार सञ्चालनको नीति बनाउन १० सदस्यीय कार्यदल, को-को छन् ?

काठमाडौँ । सत्ता गठबन्धन सञ्चालनको साझा कार्यक्रम तय गर्न १० सदस्यीय कार्यदल गठन भएको छ । सरकारमा सहभागी भएका पाँच दलले दुई–दुई जना रहने गरी कार्यदल बनाएका हुन् ।

आइतबार अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेर सरकारको न्युनतम साझा कार्यक्रममाथि छलफल थालेका छन् ।

कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र घनश्याम भुसाल छन् भने जनता समाजवादी पार्टीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ …

प्रतिकृया दिनुहॊस