मध्यराति होटल सञ्चालक महिलाको हत्या, पतिसहित चार जना पक्राउ

काठमाडौं । सिरहाको गोलबजारमा एक होटल सञ्चालक महिला महिलाको हत्या गरिएको छ । गोलबजार नगरपालिका ६ का महेन्द्र कुमार साहकी श्रीमती ३२ वर्षीय अनिता कुमारी साहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।

स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि साह दम्पती होटल सञ्चालन गर्दै आएको थिए । गएराति करिब १ बजेर ४० मिनेट जाँदा धारिलो हतियारले गर्दन काटिएको र सिलौटो टाउकोमाथि बजारिएको अवस्थामा अनिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए ।

घटनाबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ । धनुषाको लालगडबाट ल्याएको प्रहरीको तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ । प्रहरीले उनको घर नजिकै रहेको गोठको नादीबाट खुकुरी बरामद गरेको छ ।

राती अनिताको श्रीमान् महेन्द्र आत्तिएर बाहिर आएको थाहा पाएपछि छिमेकीले घटनाबारे जानकारी पाएका थिए । महेन्द्र साह यसअघि पनि आपराधिक घटनामा जेल परेको स्थानीयले बताएको छ । हत्या घटना अनुसन्धानका लागि प्रहरीले पति महेन्द्रसहित चार जनालाई पक्राउ गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस