नेपालको राजनीति फोहोरी खेलमा गयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति फोहोरी खेलमा गएको दाबी गरेका छन् । आइतबार ललितपुरको गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री कतिखेर धकेलिने र लड्ने भन्ने डरमा रहेको जिकिर गर्दै नेपाली राजनीति फोहोरी खेलमा गएको दाबी गरेका हुन् ।

उनले राजनीति विकृत बनाएका कारण पदको लोलुप्ता देखिने गरेको उनको भनाइ छ । उनले भने- ‘हाम्रो ध्यान सरकार टिकाउन, बदल्नमै गएको छ । पूरै फोहोरी खेलमा गएको छ । अब अहिले बनेको प्रधानमन्त्रीको अहिलेदेखि बन्नुभन्दा पहिलादेखि कुर्सी हल्लिएको छ । कतिखेर म यहाँबाट धकेलिने र लड्ने भन्ने डरले । त्यस्तो डराएको प्रधानमन्त्रीले वार फुटिङमा कसरी काम गर्छ ? त्यो डर हाम्रो राजनीति विकृत बनाएको कारणले हो ।’

उनले नेपालको राजनीति सफा नभए र राजनीतिलाई अहिलेको भन्दा शुद्ध नबनाएसम्म नेपालको समय खेर जाने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस