समाचार

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रोल्पा हिँडेका महरालाई प्रहरीले केही बेरअघि रुपन्देहीबाट पक्राउ गरिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको जानकारी दिए । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका …

पुरा पढ्नुहॊस »

चिसापानीमा बाइक पल्टियो, चालक गम्भीर घाइते

काठमाडौं । कैलालीस्थित चिसापानी र लम्कीचुहा नगरपालिकाको बिचमा गोरुङ्गेमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटना हुँदा पञ्चपुरी नगरपालिका–६ सर्खेतका मोटरसाइकल चालक प्रकाश बुढा गम्भिर घाइते भएका हुन् । चिसापानीबाट लम्कीतिर आइरहेको रा ४ प १५२६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते बुढाको लालरत्न अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

जसले एकल बनेकी बुहारीको बिहे गरिदिए…

काठमाडौं । गुल्मीको एउटा परिवारले आफ्नो छोराको मृत्युपछि एकल बनेकी बुहारीको अर्को बिहे गराइदिएको छ । गुल्मीको शान्तिपुर घर भई रुपन्देहीको बुटवल बस्ने लक्ष्मीधर गौतमको परिवारले छोरा ध्रुव गौतमको मृत्युपछि उनकी पत्नी (बुहारी) धना न्यौपानेलाई अन्माएर पठाएको हो । लक्ष्मीधरका छोरा ध्रुव गौतमको करेन्ट लागेर तीन वर्षअघि निधन भएको थियो । निधनको समयमा ध्रुव २७ वर्षका थिए । निधनको तीनवर्ष अघि नै २०७४ ध्रुवको धनासँग बिहे भएको थियो । ‘छोराबुहारी …

पुरा पढ्नुहॊस »

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकार

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले बनाएको कार्यदलले तयार पारेको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइसकेको छ । शनिबार १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो । कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । साझा कार्यक्रममा संविधानको …

पुरा पढ्नुहॊस »

ट्याक्टर पल्टिँदा १९ वर्षीय चालकको मृत्यु, ट्याक्टर धनी फरार

काठमाडौं । सर्लाहीको बसबरिया गाउँपालिका-३ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रदेश २-०२-००१ त ०४३५ नम्बरको ट्याक्टर पल्टिँदा त्यसका चालक बसबरिया गाउँपालिका-३ का १९ वर्षीय पुजेरी माझीको मृत्यु भएको हो । खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका-३ कोठिहारस्थित नहरमा आइतबार साँझ ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए । दुर्घटनाको बेला ट्याक्टर धनी बसबरिया गाउँपालिका-३ का अन्दाजी …

पुरा पढ्नुहॊस »

यस्तो छ संसद्को कार्यसूची, अवरोधकै तयारीमा कांग्रेस

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । यसअघि आइतबारका लागि बोलाइएको संसद बैठक जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आज बस्ने गरी स्थगित भएको थियो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत …

पुरा पढ्नुहॊस »

फेरि बदली र वर्षा (तीन दिनको पूर्वानुमान)

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा …

पुरा पढ्नुहॊस »

ठाकुरमोहन श्रेष्ठलाई कुटपिट गर्ने राप्रपाका ३ नेता ४ वर्षका लागि निलम्बित

काठमाडौँ । राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने तीन नेता पार्टीबाट निलम्बनमा परेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई ४ वर्षका लागि पार्टीबाट निलम्बन गरेका हुन् । निलम्बनमा पर्नेहरुमा पार्टीका सहमहामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् । पार्टीको अनुशासन समितिले बुझाएको प्रतिवेदनका आधारमा उनीहरुलाई कारबाही गरिएको हो । गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको …

पुरा पढ्नुहॊस »

बच्चा चोरीको आरोप लागेकी महिलालाई एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । एकजना २६ दिने शिशु चोरी आरोप लागेकी दैलेखकी मानकुमारी सिंहलाई जिल्ला अदालतल काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सिंहलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालस १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत फागुन ११ गते प्रसुति गृहबाट २६ दिने बालिका चोरी गरेको आरोपमा पक्राउ परेकी सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको …

पुरा पढ्नुहॊस »

वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । वडाअध्यक्ष, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई प्रतिवादी बनाइ आज विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता दायर गरिएको हो । आरोपितले ११ लाख ९६ हजार ६ सय ९५ बराबरको सरकारी सम्पत्ति हानि नोक्सानी गरेको आरोपपत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds