सांकेतिक तस्बिर

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स मृत्त भेटिइन्, हत्याको आशंका

काठमाडौं । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक जना स्टाफ नर्स मृत्त भेटिएकी छन् । सिरहा घर भएकी चन्द्रिकाकुमारी दासको हत्या भएको आशंका प्रहरीले गरेको छ । दासको कोठा अस्पताल नजिकै रहेको छ । सोही कोठाको बाथरुममा दासको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले जनाएको हो । शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको मोरङका एसपी नवराज कार्कीले जानकारी दिएका छन् । ‘हामीले प्रहरी टोली घटनास्थल पठाइसकेका छौं । अनुसन्धान भइरहेको छ,’ कार्कीले भने ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको हो । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । हत्यामा संलग्नको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न हत्यापछि शौचालयमा शव छाडेर भागेको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी दाहालले बताए । घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ । हत्यामा संलग्नको खोजी तीव्र पारिएको र पहिचानको प्रयास भइरहेको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds