रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय पक्राउ

काठमाडाैं । रौतहटमा मनि ट्रान्सफर लुट्ने क्रममा गोली चलेको छ । परोहा नगरपालिका-२ मा रहेको शिव मनि ट्रान्सफरमा भारतको बिहारबाट आएका तीन जनाले लुटपाट गर्न खोज्ने क्रममा गोली चलाएका हुन् ।

गोली लागेर मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साह गम्भीर घाइते भएका छन् । साहको रौतहट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ ।

भारतीय नम्बरको अपाचे मोटरसाइकल चढेर तीन जनाको समूहमा आएका भारतीय लुटेरा समूहले सञ्चालक साहमाथि गोली प्रहार गरी लुटपाट गर्न सुरु गरेका थिए । लुटेरा समूहले चलाएको गोली साहको कञ्चटमा लागेको छ ।

लुटपाटमा संलग्न भारत मोतिहारिका १७ वर्षका मुनिस यादव १८ वर्षीय राजकुमार पासवान र १७ वर्षीय चन्द्रभान सिहलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरूको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको एसपी श्रेष्ठले बताए ।

घटनास्थलमा नेपाल प्रहरीका एसपी महेन्द्र श्रेष्ठ र सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी बिक्रम हुमागाईसहितका टोली खटिएको छ । नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरिएको छ । घटनास्थल सीमा क्षेत्रबाट करिब तीन सय मिटर उत्तर क्षेत्र पर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds