समाचार

कोका-कोलाले नेपालको लागि बनायो ‘द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वर्ल्ड रेकर्ड

काठमाडौँ । कोका–कोलाले नेपालमा ‘द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वर्ल्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । शुक्रवार, चैत २ गतेका दिन बौद्ध, काठमाडौँस्थित हायात रेजेन्सी ग्राउन्डमा ‘काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ‘द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको कम्पनीले जनाएको छ । कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम …

पुरा पढ्नुहॊस »

प्रेम प्रस्ताव अस्वीकार गर्दा १८ वर्षीया सुस्माको हत्या, एकतर्फी मन पराउँथे रुपेन्द्र

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ तारेभीरमाथि शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा गाडिएको अवस्थामा फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुष्माको हत्यामा संलग्न भएको आरोपमा तारेभिर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो । शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले फागुन २५ गते सुष्माको …

पुरा पढ्नुहॊस »

बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एकको मृत्यु

काठमाडौं । बाँकेमा जङ्गली जनावरको आक्रमणबाट एक जना बृद्धको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको ढकेरीदेखि दुई किलोमिटर पश्चिममा पर्ने भालुखोलाको सडक छेऊमा जङ्गली जनावरले आक्रमण गर्दा ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले जानकारी दिए । मृतक शर्मा दार्मा गाउँपालिका–१ सल्यान घर भई हाल ढकेरी र कोहलपुरमा आफन्तको घरमा बस्दै आएका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार …

पुरा पढ्नुहॊस »

रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर चार रेक्टरको भूकम्प

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टर स्केलको भूकम्प भएको हो । यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली …

पुरा पढ्नुहॊस »

कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । सोही अनुसार कारबाही गर्न …

पुरा पढ्नुहॊस »

संसद् बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ । बैठक जनमत पार्टीकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो । ६० वर्षीय शर्माको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको जनमत पार्टीले जनाएको छ । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी …

पुरा पढ्नुहॊस »

सिभिलमा उपचाररत जसपा सांसद अन्सारीको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् । सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर …

पुरा पढ्नुहॊस »

विश्वकीर्तिमान राखेका लुइँटेल राष्ट्रपति पौडेलबाट सम्मानित

काठमाडौं । सञ्चारकर्मी राजेन्द्र लुइँटेललाई राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् । विश्वकै सर्वाधिक उचाइमा म्युजिक भिडियो निर्माण गरेर विश्वकीर्तिमान कायम गरेका लुइँटेल राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलबाट सम्मानित भएका हुन् । राष्ट्रपति पौडेलले विश्वकीर्तिमान कायम गर्ने लुइँटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का कीर्तिमानी डा. डिआर उपाध्यायले लेखेका हुन भने कीर्तिमानी संगीत सन्तोष …

पुरा पढ्नुहॊस »

कांग्रेसबाट पार नलाग्ने ठानेर ‘यू-टर्न’ भएँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट पारेका छन् । आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेताकार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा …

पुरा पढ्नुहॊस »

पोखरा जाँदै गरेको बस ट्रकमा ठोक्कियो : १ जनाको मृत्यु, ४ घाइते

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकअन्तर्गत इच्छाकामनामा ट्रकसँग बस ठोक्किँदा १ जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका-६ जलबिरेमा रोकिराखेको ट्रकसँग बस ठोक्किएर दुर्घटना भएको हो । शनिबार राति टायर पञ्चर भएर रोकिरहेको ट्रकमा बस ठोक्किँदा भारत मोतिहारी जिल्ला चम्पारण बस्ने अन्दाजी ३७ वर्षीय गौरी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । उका अनुसार घटनामा परी ४ जना घाइते भएका छन् । रौतहटको …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds