समाचार

कृष्णबहादुर महरालाई सुन तस्करीमा मुद्दा चलाउन सिफारिस

काठमाडौं । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको पाइएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख महरा संलग्नता रहेको औँल्याएको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । यो प्रतिवेदन शुक्रबार गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छन् । उनले दोषि जो सुकै भएपनि नछाड्न निर्देशन दिएका छन् । इलेक्ट्रिक …

पुरा पढ्नुहॊस »

सुन तस्कर कसैलाई पनि नछाड्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् । गृहमन्त्री लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले दोषी जो भए पनि नछाड्न निर्देशन दिएका छन् ।

पुरा पढ्नुहॊस »

सिन्धुलीस्थित नेपाल टेलिकमको टावरमा बम विस्फोट

काठमाडौं । सिन्धुलीमा प्रेसरकुकर बम विस्फोट भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका १ दुम्जास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट गराइएको हो । विस्फोटबाट दुम्जामा रहेको विपी पार्क नजिकै रहेको टेलिकमको टावर तथा घरमा क्षति पुगेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता चिरञ्जीवी दाहालले जानकारी दिए । ‘बिहान करिब ३ बजेको समयमा विस्फोटको आवाज आएपछि स्थानीयले हामीलाई खबर गरेका थिए,’ उनले भने, ‘प्रहरीको टोली घटनास्थल पुगेर प्रेसर कुकर बम विस्फोट …

पुरा पढ्नुहॊस »

पशुपतिको जंगलमा १९ वर्षीया किशोरीको शव भेटियो

काठमाडौं । काठमाडौं पशुपतिको जंगलमा एक किशोरीको शव फेला परेको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव बिहान भेटिएको गौशाला प्रहरी वृतको डिएसपी केशव थेवेले जानकारी दिए । मर्निङवाक गर्न जानेहरु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा किशोरीले आत्महत्या गरेको हुनसक्ने देखिएको डिएसपी थेवेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ । सिन्धुली घर …

पुरा पढ्नुहॊस »

बजार निस्केका १८ वर्षीय मनोज तीन दिनदेखि सम्पर्कविहीन

काठमाडौं । अछामका एक युवक तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । जिल्लाको रामारोशन गाउँपालिका ४ बाटुलासेनका १८ वर्षीय मनोज खनाल सम्पर्कविहीन भएका हुन् । उनी सुर्खेतको वीरेन्द्रनगरमा अध्ययनरत थिए । खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए । त्यसपछि उनी परिवारको सम्पर्कमा नरहेको उनका आफन्त प्रकाश न्यौपानेले जानकारी दिए । उनले मनोजलाई देख्ने/भेट्नेहरूले नजिकैको प्रहरी चौकी वा ९८४९८१४६२३ र ९७४९८६३२०६ नम्बरमा सम्पर्क गर्न अनुरोध गरे …

पुरा पढ्नुहॊस »

संसद्‌मा आज राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतिनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनैतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक-२०८० माथि विचार गरियोस्’ …

पुरा पढ्नुहॊस »

कोरियाले बढायो इपिएसमार्फत लैजाने श्रमिकको कोटा

काठमाडौँ । दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने नेपाली श्रमिकको यसअघि तोकेको कोटामा थप गरेको छ । नेपाली अन्य देशको तुलनामा इमानदार र मेहनती हुने भएकाले यसअघिको कोटामा १३.२ प्रतिशत थप गरेको हो ।

पुरा पढ्नुहॊस »

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमानसहित)

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

‘लिभिङ टुगेदर’ लाई वैधानिकता दिन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । ‘लिभिङ टुगेदर’ लाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै अधिवक्ता अनु भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । १८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहितहरु, डिभोर्सीहरु, विधुवाहरु र अन्य जुनसुकै कारणले एकल जीवन ब्यतित गरिरहेका महिला तथा पुरुषलाई मात्र यो सम्बन्धमा बस्न कानुनी …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds