सिटिजन्स बैंक र मिराज बेकरी बीच छूट दिने समझदारी

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल र काठमाडौंको बौद्धस्थित मिराज बेकरी बीच विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मिराज बेकरीमा १५प्रतिशतसम्मको आकर्षक छूट पाउने छन् । यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिने छ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा घुर्मीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds