सशस्त्र प्रहरीले हडपेको स्थानीयको ६ विघा ७ कठ्ठा जग्गा फिर्ताको माग गर्दै भालुवाङमा प्रदर्शन

देउखुरी । सशस्त्र प्रहरी बल २९ नम्बर ज्वालामाई गणले हडपेको स्थानीयको ६ विघा ७ कठ्ठा ९ धुर जग्गा फिर्ताको माग गर्दै शनिबार दाङको भालुवाङमा प्रदर्शन भएको छ । सशस्त्र द्वन्द्व र त्यसअघि विभिन्न नाममा स्थानीयको जग्गा हडपिएकोमा शान्ति पुनर्स्थापना भएको दुई दशक पुग्न लाग्दा पनि फिर्ता नभएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

भालुवाङ पाखापानी जग्गापीडित संघर्ष समितिका अध्यक्ष विमलकुमार घिमिरेको नेतृत्वमा शान्तिपूर्ण -यालीसँगै कोणसभा आयोजना भएको छ । अध्यक्ष घिमिरेले  भालुवाङको ज्वालामाई गण १७ परिवारको जग्गामा स्थापना भएको बताए । ‘हामीले जग्गा भोगचलन गर्न पाएका छैनौँ, अर्काेतिर राज्यलाई नियमित रूपमा मालपोत कर तिरिरहनु परेको छ,’ उनले भने ।

उनका अनुसार महेन्द्र राजमार्ग निर्माणका क्रममा सुरुमा उक्त जग्गामा निर्माण सामग्री राखिएको थियो । पछि आयोजनाको कार्यालय बनाइयो । र, सशस्त्र द्वन्द्वमा प्रहरी कार्यालय स्थापना गरेर हामी १७ जना व्यक्तिका नाममा रहेको ६ विघा ७ कठ्ठा ९ धुर जग्गा नियन्त्रणमा लिइएको हो । ‘मुआब्जा दिइएको छैन । यसले हामी पीडित भएका छौँ । संविधानले दिएको निजी सम्पत्तिको सुरक्षा र उपभोग गर्न पाउने हकको संरक्षण गर्नुपर्ने सुरक्षा निकायबाटै यसप्रकारका गतिविधि भएकाले जग्गा पीडितहरू आन्दोलनमा उत्रिएका हौँ,’ उनले भने ।

१७ घरपरिवार आफ्नो जग्गाको तिरो बुझाउँछन् । अंशवण्डासमेत गर्न पाइन्छ । तर, भोगचलन गर्न नपाएपछि न्याय मागिरहेका हुन् । पटकपटक सशस्त्र प्रहरी गण, जिल्ला प्रशासन र गृह मन्त्रालय धाए पनि आफूहरूको मागको सुनुवाइ नभएको पीडित मधुसूदन सुवेदीले बताए । ‘गणमा गएका थियौँ । उहाँहरूले ‘सरकारले हामीलाई जहाँ खटाउँछ त्यहीँ बस्छौँ’ भनेर जवाफ फर्काउनुभयो,’ सुवेदीले भने, ‘सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घाँस काटेँ, गोबर सोहोरेँ तर पढ्न छोडिन : मुख्यसचिव गड्तौला

काठमाडौं – निजामती सेवाको उच्चतम पद मुख्यसचिवमा लीलादेवी गड्तौला बढुवा भएकी छन् । बढुवासँगै उनले मुख्यसचिव …

प्रतिकृया दिनुहॊस