आर्थिक

हिमालयन बैंकको नाफा २ अर्ब १७ करोड

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्ष ०७३/०७४ मा खुद नाफा २५ करोड रुपैयाँ बढाएको छ । गत आवको असारसम्म बैंकले २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत असारसम्म बैंकले ९२ अर्ब ८८ करोड ११ लाख रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८७ अर्ब …

पुरा पढ्नुहॊस »

जनता बैंकको नाफा ३९२ प्रतिशत

काठमाडौं । जनता बैंकको नाफा ३९२ प्रतिशतले बढेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकलाई अक्वायर र त्रिवेणी डेभलपमेन्ट बैंकसँग मर्ज भएसँगै बैंकको नाफा ६४ करोड पुगेको हो । गत आवको सोही अवधीमा बैंकले जम्मा १३ करोड मात्रै नाफा कमाएको थियो । जनता बैंकले २ अर्ब ८४ करोड ब्याज आम्दानी गरेको देखिन्छ भने ब्याज खर्च १ अर्ब ६९ करोड गरेको छ । बैंकले ४८ अर्ब निक्षेप संकलन गरेर ४५ अर्ब कर्जा लगानी …

पुरा पढ्नुहॊस »

रिलायन्स फाइनान्सको कमायो १० करोड नाफा

काठमाडौं । रिलायन्स फाइनान्सले गत आवमा १० करोड ९८ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । साे फाइनान्सको नाफा अघिल्लो वर्षको तुलनामा २ करोड ३३ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष यसको नाफा ८ करोड ६५ लाख रुपैयाँ थियो भने गत आवसम्ममा ३ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६५ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यसका साथै सीसीडी रेसियो ६७ दशमलव ७४ प्रतिशत छ । …

पुरा पढ्नुहॊस »

मेगा बैंकको नाफा ४३ प्रतिशत

मेगा बैंकको नाफा ४३ प्रतिशतले बढेर ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ५५ करोड रहेको थियो । बैंकको खुद व्याज आम्दानी ५३ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ७ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १७ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १२ करोड रुपैयाँ आम्दानी गरेको छ । बैंकले यसअघि नोक्सान वापत राखेको ३ करोड ५९ लाख …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको नाफा ९४ प्रतिशत

ठमाडौं । महालक्ष्मी विसका बैंकको नाफा ९४ दशमलब ४४ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा आफ्नो नाफा ३४ करोडले बढाएर ७० करोड पुर्याएको हो । अघिल्लो आवको चौथो त्रैमासिक अवधीमा बैंकले जम्मा ३६ करोड नफा कमाउन सफल भएको थियो । यति डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि बैंकको नाफा पनि ह्वात्तै बढेको देखिन्छ । महालक्ष्मीले २५ अर्ब १३ करोड निक्षेप संकलन गरेर २० अर्ब ७१ करोड कर्जा …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा डेढ अर्ब नाघेको छ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५२ करोड नाफा कमाउन सफल भएको हो । बैंकले अघिल्लो आर्थिक बर्षको सोही अवधीमा एक अर्ब ३३ करोड नाफा कमाएको थियो । ६ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५२ करोड रुपैंयाँ रहेको छ । बैंकले चौथो त्रैमासिकसम्ममा ८१ अर्ब ५६ करोेड निक्षेप संकलन गरेर ६३ अर्ब कर्जा प्रवाह …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डुको नाफा ८९ प्रतिशत

काठमाडौं । बैंक अफ काठमाण्डुको नाफा ८९ दशमलब २३ प्रतिशतले बढेको छ । गत आवको भन्दा ५८ करोडले नाफा वृद्धि गर्दै बैंक अर्ब कमाउने सूचिमा समेत प्रवेश गरेको छ । बैंकले ६ अर्ब ११ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ५५ करोड ब्याज खर्च गरेको छ । बैंकले १७ करोड रुपैंयाँ राइट ब्याकबाट आम्दानी गरेको छ । २ दशमलब ५१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि बैंकले १ दशमलब ४६ प्रतिशतमा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको नयाँ एटिएम ठमेलमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको  ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ । ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्ती स्थित होटल गरुडामा रहेको एटिएम लोउङ्गि बाट आफ्नो एटिएम सेवा सुरु गरेको हो ।नयाँ  एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ११६ पुगेको छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकले हज यात्रुहरूलाई डलर, रियाल सटही सुविधा

मुस्लिम समुदायको पवित्र धार्मिक स्थल साउदी अरबको मक्का मदिनामा  हजयात्राका लागि जानु हुने १ हजार २ सय ५० जना नेपाली हजयात्रीहरूलाई प्रभु बैंकले नेपाल सरकार गृह मन्त्रालयबाट स्वीकृत प्राप्त गरी प्रति हजयात्री १ हजार ७ सय अमेरीकी डलर वा सोबराबरको साउदी रियाल सटही सुविधा उपलब्ध  गराएको छ ।उक्त सटही सुविधा साउन २५ गते देखि १० दिनसम्म काठमाडौको घण्टाघर स्थित काश्मिरी मस्जिदबाट सम्पूर्ण हजयात्रीहरुले प्राप्त गर्न सक्ने व्यवस्था मिलाईएको छ ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा शम्भुनाथ गौतम नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले गौतमलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । गौतमले बिहीबार देखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

पुरा पढ्नुहॊस »