आर्थिक

मुक्तिनाथ विकास बैंकले कमायो साढे १३ करोड

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा  गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३५ दशमलव ८४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथले नौ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको एकैसाथ चार शाखा विस्तार

काठमाडौं ।गरिमा विकास बैंक लिमिटेडले एकै चोटि  चार वटा शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले कपिलवस्तू जिल्लाको चन्द्रौटा बजार, रुपन्देही जिल्लाको फर्साटिकर, खैरेनी र मणीग्राममा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । चार नयाँ शाखासँगै अब गरिमा विकास बैंकको शाखा संख्या ४९ पुगेको छ ।

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बिच सम्झौता

काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बिच कर्मचारीको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।सम्झौता अनुसार एन.बी.आईले सिद्धार्थ बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त  सम्झौता अनुसार सिद्धार्थ बैंकले नेशनल बैंकिङ् ईन्ष्टिच्युटबाट रु ५० लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । यस सम्भौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ६४ औं शाखा हुम्लाको सर्केगाडमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले गरेका छन् । उक्त समारोहमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । यस बैंकको ६४ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको …

पुरा पढ्नुहॊस »

आइएमई लाइफ इन्सुरेन्सको बाग्लुङ्गमा शाखा विस्तार

बाग्लुङ्ग । आइएमई लाइफ ईन्सुरेन्स कम्पनी लिमिटेडले  बाग्लुुङ्ग शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष  चिरञ्जीवी चापागार्ईंले गरेका छन् । उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको संचालक समितिका अध्यक्ष डा. रामहरी अर्याल लगायत कम्पनीका पदाधिकारीहरुको पनि उपस्थिती रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष  चिरञ्जीबी चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बीमाको माध्यमबाट रोजगारी बढाउन ठूलो …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका दुई नयाँ शाखा विस्तार

काठमाडौं ।  प्रभु बैंकले शुक्रबार एकैदिनमा दुई शाखा संचालनमा ल्याएको छ । बैंकले कैलाली जिल्लाको बौनिया र पाँचथर जिल्लाको फिदिममा नयाँ शाखाहरु संचालनमा ल्याएको हो । बैंकको बौनिया शाखाको उद्घाटन नेपाल राष्ट बैंक धनगढी क्षेत्रका मुख्य व्यवस्थापक धनन्जय शर्माले गरेका छन्   त्यसै गरी  फिदिम शाखाको उद्घाटन फिदिम नगरपालिकाका नगरप्रमुख ओनाहाग नेम्वाङले गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा स्थानीय कार्यालय प्रमुखहरु तथा व्यापारी एवं उद्योगीहरुको उपस्थिति रहेको थियो ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकको नाफा बढ्यो

काठमाडौं । सानिमा बैंकको चालु आवको ३ महिनामा बैंकले ३४ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुदनाफा २७ करोड १६ लाख रुपैयाँ थियो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकमा रोजगारीको अवसर

काठमाडौं ।   सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा रोजगारीको अवसर  खुलेको छ ।तर   बैंकले आवश्यक कर्मचारीको संख्या कति भने तोकेको छैन ।

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको नाफा ५३ करोड

काठमाडौं । एभरेष्ट बैंकले नाफा बढाएको छ ।साउनदेखि असोजसम्म ३ महिनामा बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ३४ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरण सार्वजनिक गर्दे नाफा, निक्षेप परिचालन र कर्जा लगानी बढेको जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।समायोजन पछिको  सेयर मूल्य प्रतिकित्ता ३५४ रुपैयाँ तोकेको छ ।

पुरा पढ्नुहॊस »