आर्थिक

नेपाल इन्स्योरेन्सले बैंशाख ५ देखि हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ५ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने वताएकाे छ । कम्पनीले चुक्तापुँजी बढाउन ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ ८ गते बन्द हुने कम्पनीले वताएकाे छ । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी दोब्बर बढेर ६० करोड ३९ लाख ७७ हजार रुपैयाँ पुग्नेछ।

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरपालिकाले निशुल्क वाइफाइ सेवा दिने

काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिकाले निशुल्क वाइफाइ सेवा दिने भएको छ । महानगरले काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाई सेवा प्रदान गर्न लागेको हो । निशुल्क वाइफाइ सेवा उपलब्ध गराउन काठमाडौं महानगर तथा इन्टरनेट सेवा प्रदायक वल्र्ड लिकं कम्युनिकेसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अब राजधानीको हनुमान ढोका, पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन हुनेछ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य तथा वल्र्ड लिकंंका …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंककोे शाखारहित बैंकिङ् सेवा इलामको गोदकमा

काठमाडौं । एन आई सी एशिया बैंकले  शाखारहित बैंकिङ् सेवा इलामको गोदकमा संचालनमा ल्याएको छ । सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन इलाम नगरपालिका, वडा नं. १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले छन् । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई नियुक्त गरेको छ । यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नै गाउँमा स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने छन् । साथै सो सेवाबाट …

पुरा पढ्नुहॊस »

लायन्स क्लब इन्टरनेशनलको पहलमा एक दिने ह्पायीनेश सेमिनार सम्पन्न

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत  लायन्स क्लब अफ काठमाडौं जोरपाटीको  पहलमा द वे टु ह्यापीनेश फाउण्डेशनले एक दिने ह्पायीनेश सेमिनार सम्पन्न गरेको छ । उक्त  कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपाल , लायन्स क्लबका फर्स्ट भीडिजी एबम डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन अनन्त प्रसाद भेटुवाल, सेकेन्ड भी डी जी लायन …

पुरा पढ्नुहॊस »

एशियन लाईफ इन्स्योरेन्सको हकप्रद बिक्रीको म्याद थप

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले हकप्रद निष्कासनको म्याद १४ दिन थपेको छ । कम्पनीले हाल जारीगरिरहेको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको म्याद आगामी वैशाख २ गतेसम्म थपको हो ।                           यसअघि इन्स्योरेन्सले सो मात्राको सेयर गत फागुन १३ गतेदेखि चैत १८ गतेसम्म बिक्री गर्ने निर्णय गरेको थियो । तर कम्पनीको हकप्रद निष्कासनको प्रयोजनको लागि तयार गरिएको विवरणको …

पुरा पढ्नुहॊस »

प्रोग्रेसिभ फाइनान्सको अध्यक्षमा महर्जन

काठमाडौं ।  प्रोग्रेसिभ फाइनान्स लिमिटेडको  बसेको संचालन समितिको बैठकले नयाँ अध्यक्ष चयन गरेको छ । बैठकले मुकुन्दप्रसाद दाहालले अध्यक्ष पदबाट दिएको राजिनामा स्वीकृत गरि नयाँ अध्यक्षको रुपमा किशोर कुमार महर्जनलाई सर्वसम्मत रुपमा चयन गरेको छ । नवनियुक्त अध्यक्ष महर्जन सिभिल बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पुरा गरि अवकास प्राप्त गरेका हुन् । उनी बिगत ३३ वर्षदेखि बैंकिङ क्षेत्रमा आबद्ध थिए । बैठकले संचालक समितिका सदस्य सिद्धिगोपाल मानन्धरले दिएको राजिनामा …

पुरा पढ्नुहॊस »

टेलिकमबाट ब्यालेन्स सापटी यसरी लिनुस्,अब फोन नकाटिने

काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको छ । यो सुविधा लिनको लागि आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ । यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ । सेवा लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको एमथ्री प्लस बजारमा

काठमाडौं ।माछापुच्छ्रे बैंकले अत्याधुनिक सुबिधासहितको एमविएल मोबाइल मनी(एमथ्री प्लस) बजारमा ल्याएको छ । बैंकले सरल माध्यमबाट बैंकिङ्ग सुविधा प्रदान गर्ने उदेश्यले “हातमा नै बैंक” भन्ने नाराका साथ नयाँ मोबाइल बैंकिङ्ग (एमथ्री प्लस) शुरु गरेको हो । उक्त सेवाका विशेषताहरु इन्टरनेट/जीपीआरएसमा आधारित, ग्राहकद्धारा आफै मोबाईलबाट मुद्दति खाता खोल्न सकिने, तालिकाबद्ध भुक्तानी निर्देशन दिन सकिने, अन्तर बैंक रकमान्तर गर्न सकिने, मोबाइल रिचार्ज/टपअप, विल भुक्तानी, ई–वालेट टपअप, क्रेडिट कार्डको भुक्तानी गर्न सकिने आदि  …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको शाखा बागलुङको बडिगाड गाउँपालिकामा

काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा शाखा कार्यालय विहीबारदेखि सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ५ स्थित बैंकको वडिगाड शाखा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाबाट एक समारोहका बीच उद्घाटन गरिएको हो ।                                     शाखा कार्यालय उद्घाटन कार्यक्रममा बागलुङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग …

पुरा पढ्नुहॊस »

यस बर्षको उत्कृष्ट विशेष उद्यमी पुरस्कार कमला सुवेदीलाई

  काठमाडौं ।  मुलुकभरका २३ हजार महिलालाई हस्तकलाको सीप सिकाइ सकेकी युनिक क्रिस्टल हस्तकला उद्योगकी संचालिका कमला सुवेदीले यस बर्षको विशेष उद्यमी पुरस्कार प्राप्त गरेकी छन् । घरेलु तथा साना उद्योग विकास समितिले राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको राष्ट्रिय औद्योगिक बस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रममा उनले २० हजार रुपैयाँ राशीको उक्त पुरस्कार पाएकी हुन् । उक्त पुरस्कार नेपाल चेम्बर अफ कमर्शले प्रायोजन गरेको …

पुरा पढ्नुहॊस »