बैंक अफ काठमाण्डुको नाफा ८९ प्रतिशत

काठमाडौं । बैंक अफ काठमाण्डुको नाफा ८९ दशमलब २३ प्रतिशतले बढेको छ । गत आवको भन्दा ५८ करोडले नाफा वृद्धि गर्दै बैंक अर्ब कमाउने सूचिमा समेत प्रवेश गरेको छ ।

बैंकले ६ अर्ब ११ करोड ब्याज आम्दानी गरेर ३ अर्ब ५५ करोड ब्याज खर्च गरेको छ । बैंकले १७ करोड रुपैंयाँ राइट ब्याकबाट आम्दानी गरेको छ । २ दशमलब ५१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि बैंकले १ दशमलब ४६ प्रतिशतमा झारेको छ ।

बैंक अफ काठमाण्डुको प्रति सेयर आम्दानी २२ दशमलब शुन्य १ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १५८ रुपैंयाँ ९८ पैसा छ । ५ अर्ब ६२ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३२ करोड रुपैंयाँ रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

साझा यातायातले रद्द गर्‍यो विद्युतीय माइक्रो र स्कुटर खरिद

काठमाडौं । साझा यातायात सहकारीले प्रस्तावित विद्युतीय माइक्रोबस र विद्युतीय स्कुटर खरिद रद्द गरेको छ। …

प्रतिकृया दिनुहॊस