प्रोग्रेसिभ फाइनान्सको अध्यक्षमा महर्जन

काठमाडौं ।  प्रोग्रेसिभ फाइनान्स लिमिटेडको  बसेको संचालन समितिको बैठकले नयाँ अध्यक्ष चयन गरेको छ ।

बैठकले मुकुन्दप्रसाद दाहालले अध्यक्ष पदबाट दिएको राजिनामा स्वीकृत गरि नयाँ अध्यक्षको रुपमा किशोर कुमार महर्जनलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

नवनियुक्त अध्यक्ष महर्जन सिभिल बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पुरा गरि अवकास प्राप्त गरेका हुन् । उनी बिगत ३३ वर्षदेखि बैंकिङ क्षेत्रमा आबद्ध थिए ।

बैठकले संचालक समितिका सदस्य सिद्धिगोपाल मानन्धरले दिएको राजिनामा स्वीकृत गरि महर्जनलाई नियुक्त गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री