लायन्स क्लब इन्टरनेशनलको पहलमा एक दिने ह्पायीनेश सेमिनार सम्पन्न

काठमाडौं । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत  लायन्स क्लब अफ काठमाडौं जोरपाटीको  पहलमा द वे टु ह्यापीनेश फाउण्डेशनले एक दिने ह्पायीनेश सेमिनार सम्पन्न गरेको छ ।

उक्त  कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपाल , लायन्स क्लबका फर्स्ट भीडिजी एबम डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन अनन्त प्रसाद भेटुवाल, सेकेन्ड भी डी जी लायन टंक बहादुर श्रेष्ठ,ह्युमनटरी सोसाइटीका अध्यक्ष महेश कुँवर,त्रिनेत्र अध्यात्म केन्द्रका संरक्षक दिवाकर प्रसाद भण्डारी  लायन्स क्लब अफ काठमाडौं जोरपाटीका अध्यक्ष दिपक चापागाईं, रहेका थिए भने अतिथिहरुमा बिभिन्न राजनीतिक दलका प्रतिनिधि,लायन्सका सदस्यहरु ,पत्रकार हरुको उपस्तिथी रहेको थियो।

उक्त कार्यक्रममा  अमेरिकाको लस एन्जल्स्बाट विज्ञ तथा स्रोत व्यक्तिको रुपमा नसीमा कुरेसी र डा. अन्जु माथोरले ह्यापिनेसको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रमको सभाध्यक्षता लायन्स क्लब डिस्ट्रिक ३२५ ए१ का पास्ट इमिडेट गभर्नर कुमार राज सुबेदीले गरेका थिए भने कार्यक्रम संचालन लायन्स धनप्रसाद लामिछानेले गरेका थिए ।

कार्यक्रमको औचित्य बारेमा चर्चा गर्दै सभापति लायन्स कुमार राज सुबेदीले उपस्थित सबैलाई स्वागत मन्तब्य राखेका थिए। प्रमुख अतिथि नेपाली काग्रेसका नेता एबम पुर्व मन्त्रि अर्जुन नरसिंह केसीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको सुभारम्भ गरेका थिए ।

अमेरिकाको लस एन्जल्स्बाट विज्ञ तथा स्रोत व्यक्तिको रुपमा नसीमा कुरेसी र डा अन्जु माथोरले कार्यक्रममा वे टु ह्यापिनेसको बारेमा आफ्नो भनाइ सहित वृतचित्र मार्फत जानकारी गराएका थिए भने सोहि कार्यक्रममा सहभागी सबैलाई वे टु ह्यापिनेसका २१ सुत्रीय बाटोहरु समेटिएको पुस्तक समेत वितरण गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एबम पुर्व मन्त्रि अर्जुननरसिंह केसीले आयोजकलाइ धन्यवाद दिदै आफु शिक्षा मन्त्रि हुँदा वे टु ह्यापिनेसलाइ पहिलो पटक चिनाउने काम आफुले गरेको बताएका थिए ।

उनले वे टु ह्याप्पीनेसको महत्वपूर्ण पक्ष भनेको नै विश्व ब्यापी रुप बाट  जुन खालको तनाब हिंशा एक आपस बीचको द्वेष र नैतिक चरित्र दिन प्रतिदिन खस्किएर गएको अवस्थामा नैतिक चरित्र उत्थानको निम्ति कार्यक्रम फलदायी हुने बिश्वास ब्यक्त गरे।

उनले लायन्स इन्टरनेसनलको आफनै महत्व रहेको बताउदै रास्ट्रियता र आफ्नो राष्ट्रीय झण्डाको निम्ति न्यायको निम्ति स्वतन्त्रताको निम्ति सुशासनको निम्ति, सामाजिक सास्कृतिक आचरण र आन्दोलनलाइ सुधार गर्ने निम्ति पनि लायन्सका लक्ष्य भएको बताएका थिए। उनले सामाजिक आन्दोलनको रुपमा लायन्स क्लबले प्रयोग गरोस भन्ने अपेक्षा गरेका थिए।

सोहि कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपालले कार्यक्रम आयोजना गरेकोमा खुसि ब्यक्त गर्दै  कार्यक्रममा पुरुषको भन्दा महिलाको बढी सहभागिता भएकोमा आफु महिला भएको नाताले पनि बढी खुसि भएको बताएकी थिइन्  ।

कार्यक्रममा बोल्दै लायन्स लायन्स क्लबका फर्स्ट भीडिजी एबम डिस्ट्रिक गभर्नरमा निर्वाचित लायन अनन्त प्रसाद भेटुवालले कार्यक्रममा महिला सहभागिता बढी भएकोमा  खुसि ब्यक्त गर्दै महिलाहरु भनेको भगवानको बरदान भएको जसले आफु खुसि रहेर अरुलाई पनि खुसि पार्न जान्ने भएको बताए।

सोहि कार्यक्रममा बोल्दै ह्युमनेटेरियन सोसाइटीका अध्यक्ष महेश कुवरले वे टु ह्यापिनेसभनेर पुस्तक सबैको हातमा पुगेको बताउदै त्यो पुस्तकको जन्मदाता अमेरिकी राइटर  एल रन हबर्ड ले १९८१ मा अमेरिकाको न्यु वोर्क सिटीमा अपराधहरु बढेको अवस्थालाई नियन्त्रण गर्ने हिसाबले उक्त पुस्तक निकालेको बताएका थिए ।

उहा एउटा अमेरिकी भएर फिजिसियन ,भुवर्गबिधको प्रोफेसर  जर्ज वासिंगटन  युनिभर्सिटीको तर पनि उनले विश्वको बिभिन्न देशहरु घुमेर पुस्तकलाई समाजलाइ कसरि विकास गर्न सकिन्छ भन्ने भावनाले अमेरिकाको त्यो अवस्थालाई नियन्त्रण गर्नको लागि पुस्तक निकालेको बताएका थिए। त्यो पुस्तक बजारमा आएपछि तब त्यहाको अपराधहरु त्यहाका लागूऔषध पनि नियन्त्रणमा आएको  तथ्यांकहरुले देखाएको बताए।  उनले पुस्तकमा समेटिएको खुसि हुने २१ वटा सुत्र ज्यादै राम्रो भएको बताएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल

काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …

प्रतिकृया दिनुहॊस