आर्थिक

एनएमबि बैंकले दिने भयो ३०% लाभांश, १०% बोनस सेयर

काठमाडौं । एनएमबि बैंकले ३० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर र २०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बुधबार बसकेको बैंक सञ्चालक समिति बैकठले यस्तो निर्णय गरेको हो । बैंकको यो निर्णय अब नियामक राष्ट्र बैंक र साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । केही समय अघि मात्रै बैंकले १५% बोनस सेयर दिएको थियो । एफपीओ खुला गरेका बेला …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।  एनआईसी एशिया बैंक र अजोड इन्स्योरेन्सबीच बैंकास्योरेन्स  सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमाबैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अजोड इन्स्योरेन्सका प्रमुख कायर्कारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।   सम्झौता पश्चात  बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकको जुनसुकै शाखाबाट लिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

सिन्धु विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ ।  सिन्धु बिकास बैंक  र सगरमाथा इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्की क्षेत्रीले हस्ताक्षर गरेका छन् ।सम्झौता पश्चात  बैंकका सम्पूर्ण ग्राहकहरुले सगरमाथा इन्स्योरेन्सका बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

आईएमई जनरल इन्स्योरेन्सको नाफा साढे २ करोड

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैंया खुद मुनाफा कमाएको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सो नाफा कमाएको हो । उक्त अवधिमा इन्स्योरेन्सले ४ करोड ४८ लाख ५५ हजार रुपैंया आम्दानी गरी १ करोड ९७ लाख २५ हजार खर्चदा उक्त परिमाणको नाफा आर्जन गरेको हो । एकीकृत आयव्यय हिसाबतर्फ इन्स्योरेन्सले खुद बीमा शुल्क, पुनर्बीमा कमिशन आय र लगानीबाट प्राप्त हुने आय …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरीकी डलरको खरिददर ११४ रुपैयाँ ३ पैसा तोकेको छ भने बिक्रिदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ । एक युरोको खरिददर १३० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १३१ रुपैया ६ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ६९ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४६ पैसा रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरे। सम्झौता पश्चात बैंकका कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफको इन्स्योरेन्स पोलिसी बिक्री गर्न सकिनेछ ।

पुरा पढ्नुहॊस »

चार महिनामा भ्याटबाट साढे ७१ अर्ब राजश्‍व

काठमाडौं । चालु आर्थिक वर्ष २०७५/०७६ मा मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकारले ७१ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ बराबरको राजश्‍व उठाएको छ । सरकारी आय व्यायको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चार महिनाको अवधिमा सकारी राजश्‍व सबैभन्दा बढी योगदान भ्याटको देखिएको छ । सरकारले यो अवधिमा दुई खर्ब ४२ अर्ब रुपैयाँको राजश्‍व उठाउँदा छ शीर्षकका भ्याटबाट ७१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको राजश्‍व उठाउन सकेको …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकले शुरु गर्यो मोबाईल बैंकिङ्ग एप

काठमाडौं । हिमालयन बैंकले मङ्गलबारदेखि आफ्नो मोबाइल बैंकिङ्ग एप (हाई–एम बि) शुरु गरेको छ । बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले उक्त मोबाईल एपको शुरुवात गरेका हुन् । ‘हेएर ईज योर न्यू बैंक’ तथा ‘विग बैंक इन स्मल साईज’ स्लोगनका साथ यो मोबाईल एपको शुरुवात गरिएको छ । मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाताबारे जानकारी लिने,चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा …

पुरा पढ्नुहॊस »

कैलाश विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडाैं ।  कैलाश विकास बैंक र जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स  सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अमतृ चरण श्रेष्ठ र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले  हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात  बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकका जुनसुकै शाखा कार्यालयबाट लिन सक्नेछन् ।  

पुरा पढ्नुहॊस »

सिप्रदीले ल्यायो नेक्सन क्राज

काठमाडौं । टाटा मोटर्सकाे नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले नयाँ गाडी नेक्सन क्राजको बजारमा बिक्री वितरण शुरू गरेको छ ।मल्टिड्राइभ मोडको विशेषतायुक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने बताइएको छ । यसैगरी २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरुभन्दा  सुरक्षित र आरामदायी बनाएको कम्पनीले  बताएको छ । चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स …

पुरा पढ्नुहॊस »
This will auto close after