कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनीलले बिहीबार सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत सन्न्यास लिने घोषणा गरेका हुन् ।

फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध जुन ६ मा हुने खेलपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने छन् ।

३९ वर्षीय स्ट्राइकर सुनीलले भारतीय टोलीमा महत्त्वपूर्ण योगदान दिएका छन् । यू–२० र यू–२३ टोलीबाट आफ्नो परिचय बनाएका उनले सन् २००५ मा सिनिअर टोलीमा डेब्यू गरेका थिए ।

पूर्व कप्तान तथा स्ट्राइकर भाइचुङ भुटियाको सन्न्यास पछि भारतीय टोलीमा उनले अग्रपंतीको जिम्मेवारी लिएका थिए । भारतीय टोलीबाट १५० खेल खेलेका उनले ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बंगलादेशले उचाल्यो दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि, नेपाल फेरि उपविजेतामा सीमित

काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि साविक बिजेता बंगलादेशले जितेको छ । बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा फर्कन सकेन ।

प्रतिकृया दिनुहॊस