काठमाडौं । टाटा मोटर्सकाे नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले नयाँ गाडी नेक्सन क्राजको बजारमा बिक्री वितरण शुरू गरेको छ ।
मल्टिड्राइभ मोडको विशेषतायुक्त यस नयाँ गाडी शहरको व्यस्त सडक देखि लिएर राजमार्गमा समेत अत्यन्त सरल र रोमाञ्चक ढङ्गले चलाउन सकिने बताइएको छ ।
यसैगरी २०९ मिलिमिटरको उत्कृष्ट ग्राउण्ड क्लियरेन्सले नेक्सन क्राजलाई अरुभन्दा सुरक्षित र आरामदायी बनाएको कम्पनीले बताएको छ ।
चार स्पिकरको इन्फोटेन्मेन्ट, अटोमेटिक, क्लाइमेट कन्ट्रोल, रिभर्स पार्ककिङ्ग, सेन्सर जस्ता अन्य उच्च स्तरको प्राविधिक विशेषता यस एसयूभी मोडेलमा पाइन्छ ।
कालो र हरियो रङ्गको बेजोड समिश्रण भएको नेक्सन क्राज १२०० पे्रटोल र १५०० सीसी इन्जिन डिजेल क्षमतामा उपलब्ध छ । नेक्सन क्राज, क्राज र क्राज प्लस गरी दुई भ्यारिएन्टमा डिजेलका लागि ४३,८५,००० र पेट्रोलका लागि ३९,९५,००० को सुरुवाती मुल्यमा उपलब्ध छन ।




