चार महिनामा भ्याटबाट साढे ७१ अर्ब राजश्‍व

काठमाडौं । चालु आर्थिक वर्ष २०७५/०७६ मा मूल्य अभिवृद्धि कर (भ्याट) बाट सरकारले ७१ अर्ब ६५ करोड ६५ लाख रुपैयाँ बराबरको राजश्‍व उठाएको छ ।

सरकारी आय व्यायको लेखा राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चार महिनाको अवधिमा सकारी राजश्‍व सबैभन्दा बढी योगदान भ्याटको देखिएको छ । सरकारले यो अवधिमा दुई खर्ब ४२ अर्ब रुपैयाँको राजश्‍व उठाउँदा छ शीर्षकका भ्याटबाट ७१ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको राजश्‍व उठाउन सकेको हो । यो तथ्यांकअनुसार जम्मा राजश्‍वमा भ्याटको योगदान २९ प्रतिशत हो ।

छ शीर्षकका भ्याटमध्ये सबैभन्दा बढी आयातमा आधारिकत भ्याट संकलनबाट पाँच अर्ब २४ करोड २३ लाख रुपैयाँको राजश्‍व उठेको छ । त्यस्तै बस्तु बिक्रीबाट ६५ करोड १३ लाख रुपैयाँ राजश्‍व उठेको छ । परामर्श तथा ठेक्का संकलनको भ्याट  र पर्यटन शेवा संकलनबाट क्रमश ६८ करोड ७८ लाख र ६८ करोड ६४ लाख राजश्‍व उठेको छ । त्यस्तै संचार सेवा, विमा, हवाई उडान र अन्य सेवा संकलनको भ्याट र बेदर्ताबाट संकलन भएको भ्याट क्रमश ३६ करोड ३६ लाख र १५ करोड १८ लाख रुपैयाँ रहेको छ ।

आयकर ऐन २०३१ को सातौँ संशोधनपछि भ्याट लागु गरिएको थियो । बिक्री कर, ठेक्का कर, मनोरञ्जन कर लगायतलाई प्रतिस्थापन गरी २०५४ सालबाट लागु गरिएको भ्याट अहिले राजश्‍व प्रमुख स्रोतको रुपमा रहेको छ । २०५४ मंसिर एक गतेबाट भ्याट सुरु गरिएको कारण अहिले सरकारले मंसिर १ मा कर दिवशक मनाउँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री