एकैपटक पेट्रोलको मूल्य सात रुपैयाँले घट्यो, अब कति ?

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको भाउ घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर ७ र डिजेलमा ५ रुपैयाँले मूल्य घटाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको छ । घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले उल्लेख गरेको छ ।

हेर्नुस् नयाँ मूल्यसूची :-

o

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री