आईएमई जनरल इन्स्योरेन्सको नाफा साढे २ करोड

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैंया खुद मुनाफा कमाएको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सो नाफा कमाएको हो ।

उक्त अवधिमा इन्स्योरेन्सले ४ करोड ४८ लाख ५५ हजार रुपैंया आम्दानी गरी १ करोड ९७ लाख २५ हजार खर्चदा उक्त परिमाणको नाफा आर्जन गरेको हो । एकीकृत आयव्यय हिसाबतर्फ इन्स्योरेन्सले खुद बीमा शुल्क, पुनर्बीमा कमिशन आय र लगानीबाट प्राप्त हुने आय गरी कुल ४४ करोड ५५ लाख ९३ हजार आम्दानी र दाबी भुक्तानी, अभिकर्ता कमिसन, पुनर्बीमा कमिसन, सेवा शुल्क, व्यवस्थापन शुल्कजस्ता शीर्षकहरुमा कुल ४१ करोड ५४ लाख ५६ हजार खर्च गरेको छ ।

यो खर्च इन्स्योरेन्सले छुट्याएको जोखिम तथा अन्य व्यवस्थाबाट गरिएको हो । अघिल्लो वर्ष शाखा एवं बजार विस्तारमा आक्रामक नीति लिएको आइएमई जनरल इन्स्योरेन्ससँग हाल २० हजार ३ सय ८७ बीमितहरु बीमालेख कायम छन् । उक्त वृद्धिदर अघिल्लो वर्षको सोही समयको तुलनामा करिब ३३ प्रतिशत बढी हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री